विराटनगर । तीन ठूला उद्योगीले मोरङमा दाल उद्योग सञ्चालनमा ल्याउने भएका छन । उद्योगमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, बोहरा ग्रुपका सञ्चालक अविनाश बोहरा र खाद्यान्न उद्योगी एवम् जयश्री फुड्सका पवन अग्रवालको संयुक्त लगानीमा दाल उद्योगको स्थपना हुन लागेको हो ।
उद्योगमा १ अर्ब २५ करोड रुपैयाँको लगानी रहेको बोहराले बताए। उद्योगले साउनको पहिलो हप्तादेखि व्यावसायिक रूपमा ६ प्रकारका दालको प्रशोधन तथा प्याकेजिङ गरेर बजारमा पठाउने जानकारी उनले दिए।
उद्योगले पहिलो चरणमा ‘वेस्टर्न’ र ‘भान्साघर’ गरी दुई फरक ब्रान्डमा कालो मास, रहर, मुसुरो, चना, मटर र मुङ दाल बजारमा पठाउन थाल्नेछ। उद्योग एक दिनमा १२० टन दाल प्रशोधनसँगै प्याकेजिङ क्षमताको छ।
द्योगले १, ५, १५ र २५ किलो गरी चार वटा प्याकिङमा दालको बजारीकरण गर्ने प्रारम्भिक चरणको योजना छ।
दाल उद्योगहरू पर्याप्त खुलेका भए पनि कच्चा पदार्थमा भने नेपाल आत्मनिर्भर छैन। प्रशोधन र प्याकेजिङ उद्योग खोल्न होडबाजी चलेको भए पनि स्वदेशमै उत्पादन बढाउने योजना अभाव छ।
यहाँका दाल उद्योगले अप्रशोधित मास क्यानाडा र म्यान्मार तथा रहर अफ्रिकाबाट आयात गरिरहेका छन्। त्यस्तै चना र मसुरो क्यानाडाबाट तथा केराउ क्यानाडा र अमेरिकाबाट आयात गरिन्छ। त्यस्तै मुङको आयात म्यान्मारबाट गरिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्यमी बोहराले सरकारको राजस्व नीतिले दाल उद्योगको संरक्षण नगरेको समेत गुनासो गरेका छन । बोहराका अनुसार औद्योगिक कच्चा पदार्थका रूपमा रहेको अप्रशोधित दालको आयात गर्दा भन्सार महसुल १० प्रतिशत तिर्नुपर्दछ। तर भारतबाट तयारी दालको आयात गर्दा कृषिसुधार शुल्क ९ प्रतिशत तिरे पुग्छ। यसरी कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार महसुल थोरै छ।
उनले सरकारले भन्सार महसुलका दरमा अविलम्ब संशोधन गरेर उद्योगको संरक्षण गर्ने नीति अख्तियार गर्नुपर्ने आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: