विराटनगर । तीन ठूला उद्योगीले मोरङमा दाल उद्योग सञ्चालनमा ल्याउने भएका छन । उद्योगमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, बोहरा ग्रुपका सञ्चालक अविनाश बोहरा र खाद्यान्न उद्योगी एवम् जयश्री फुड्सका पवन अग्रवालको संयुक्त लगानीमा दाल उद्योगको स्थपना हुन लागेको हो ।
उद्योगमा १ अर्ब २५ करोड रुपैयाँको लगानी रहेको बोहराले बताए। उद्योगले साउनको पहिलो हप्तादेखि व्यावसायिक रूपमा ६ प्रकारका दालको प्रशोधन तथा प्याकेजिङ गरेर बजारमा पठाउने जानकारी उनले दिए।
उद्योगले पहिलो चरणमा ‘वेस्टर्न’ र ‘भान्साघर’ गरी दुई फरक ब्रान्डमा कालो मास, रहर, मुसुरो, चना, मटर र मुङ दाल बजारमा पठाउन थाल्नेछ। उद्योग एक दिनमा १२० टन दाल प्रशोधनसँगै प्याकेजिङ क्षमताको छ।
द्योगले १, ५, १५ र २५ किलो गरी चार वटा प्याकिङमा दालको बजारीकरण गर्ने प्रारम्भिक चरणको योजना छ।
दाल उद्योगहरू पर्याप्त खुलेका भए पनि कच्चा पदार्थमा भने नेपाल आत्मनिर्भर छैन। प्रशोधन र प्याकेजिङ उद्योग खोल्न होडबाजी चलेको भए पनि स्वदेशमै उत्पादन बढाउने योजना अभाव छ।
यहाँका दाल उद्योगले अप्रशोधित मास क्यानाडा र म्यान्मार तथा रहर अफ्रिकाबाट आयात गरिरहेका छन्। त्यस्तै चना र मसुरो क्यानाडाबाट तथा केराउ क्यानाडा र अमेरिकाबाट आयात गरिन्छ। त्यस्तै मुङको आयात म्यान्मारबाट गरिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्यमी बोहराले सरकारको राजस्व नीतिले दाल उद्योगको संरक्षण नगरेको समेत गुनासो गरेका छन । बोहराका अनुसार औद्योगिक कच्चा पदार्थका रूपमा रहेको अप्रशोधित दालको आयात गर्दा भन्सार महसुल १० प्रतिशत तिर्नुपर्दछ। तर भारतबाट तयारी दालको आयात गर्दा कृषिसुधार शुल्क ९ प्रतिशत तिरे पुग्छ। यसरी कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार महसुल थोरै छ।
उनले सरकारले भन्सार महसुलका दरमा अविलम्ब संशोधन गरेर उद्योगको संरक्षण गर्ने नीति अख्तियार गर्नुपर्ने आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: