काठमाडाैं । सफल महिला उद्यमी जाे तीनवटा नामले परिचित छन् । उनैका नाममा अहिले प्रचलित कानुन, ऐनको उल्लंघन गरेको भनी गृह मन्त्रालयमा उजुरी परेको छ ।
विद्यालय तहको शिक्षा सकिएसँगै ०६२ साल कात्तिक ८ गते शारदा निरौलाको नामबाट लिएको पहिलो नागरिकताको प्रयोग गरी बैंक खाता, टेलिफोन, विद्युत्, जागिरमा आवेदन, जमिन, घरलगायतको व्यवस्थापन भएकै थियो । फेरि उनैले ०७३ असार २६ गते सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट श्रद्धा निरौलाको नाममा अर्को नागरिकता लिइन् ।
अहिले पनि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा हेर्दा उनले नाम परिवर्तन गरी दुईवटा नागरिकता लिएको विवरण छरपष्ट देखिन्छ । शैक्षिक प्रमाणपत्र नेपालीमा लेखिने नाम शारदा निरौलाबाटै बनेका छन् । विद्यालयमा शिक्षकले र गाउँमा सबैले शारदा निरौला भनेरै चिन्छन् । तर, काठमाडाैँमा आफूलाई श्रद्धा निरौलाको नामबाट चिनाउन थालेको धेरै भइसकेको छ ।
गाउँतिरका र पुराना साथीभाइ, आफन्तले शारदाको नामबाट चिन्ने, नयाँ साथीभाइ र नयाँ सम्बन्धमा आउन चाहनेहरूले श्रद्धा भनेर चिन्ने उनलाई सामाजिक सञ्जालमा भने आस्था निरौलाको नामले चिन्नुपर्छ । यसबाट प्रष्ट हुन्छ कि उनी तीनवटा राम्रा नामकी धनी हुन् ।
सोलुबाट अध्ययनका लागि राजधानी आएकी उनी नामले मात्र होइन, राजधानीमै राम्रो खर्चिएर बनाइएको घर, गाउँमै पनि मातापिताका लागि राम्रो घर बनाइदिएको र तराईतिर घडेरीको समेत जोहो गरिसकेको सफल महिला उद्यमीका रूपमा चिनिन्छिन् ।
तीनवटा नामबाट चिनिन रुचाउने यी शारदा, श्रद्धा र आस्था निरौलाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, नेचासल्यान गाविस वडा नम्बर १ हाे । हुनत उनले प्रचलित कानुन, ऐनको उल्लंघन गरेको भनी गृह मन्त्रालयमै पनि उजुरी परेको छ ।
गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयलाई आवश्यक छानबिन तथा कारबाहीका सम्बन्धमा भनी पत्र पनि पठाइसकेको छ ।
शाखा अधिकृत देवर्षि सापकोटाले हस्ताक्षर गरेको सो पत्रमा आवश्यक कारबाही गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।
पितृ सत्तात्मक समाजमा युवतीको विवाहसँगै थर परिवर्तन हुनुलाई सामान्य मानिन्छ । तर, बिहे गर्न ठिक्क परेकी युवतीले नामै फेरेर दुई वटा नागरिकताचाहिँ किन बनाउँछन् होला ? याे प्रश्नले अचम्मित बनाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: