Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

बदमासी छल्न घोराही सिमेन्टको टालटुले विज्ञप्ती

खबरडबली संवाददाता

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो कम्जोरी ओझेलमा पार्न एक विज्ञप्ती सार्वजानीक गरेको छ । कम्पनीले शुक्रबार विभिन्न राष्ट्रिय दैनिक पत्रिका मार्फत तथा अनलाइन सञ्चार माध्यम मार्फत आफ्नो विज्ञप्ती सार्वजानीक गरेको हो ।

घोराही सिमेन्टको आईपीओ निष्काशनमा अनियमिता भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन प्रक्रिया स्थगित गरिदिएको छ । त्यसको छानविनका लागि बोर्डले कार्यदल समेत गठन गरेको छ । हाल त्यो अनुसन्धानकै चरणमा रहेकेा भए पनि कम्पनीले अन्नुसन्धानलाई समेत प्रभाव पार्नेगरि शुक्रबार विज्ञप्ती जारी गरेको हो । कम्पनीले जारी गरकाे विज्ञप्ती मार्फत कम्पनीले आफ्नो कमजाेरी लुकाउन खोजेको देखिन्छ ।

कम्पनीले आह्वान गरेको आईपीओमा सुरुकै म्यादमा माग भन्दा बढी आवेदन परिसकेको थियो । कम्पनीले असार १ गतेदेखि ४ गतेसम्मको पहिलो म्याद राखेर प्रिमियम मुल्य ९ प्रतिकित्ता ४३५० मा ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमा असार ३ गते नै ४ लाख ४५ हजार ८९० जना आवेदकबाट १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरको लागि आवेदन परेको हो, जुन माग भन्दा २.४९ गुणा बढी आवेदन आएका थिए । 

त्यो अनुसार कम्पनीले असार ४ गते बैकिङ समय पश्चात निष्काशन बन्द गर्नुपर्ने हो । तर, कम्पनीले उल्टै म्याद थप गरेर असार १४ गतेसम्म आवेदन दिन पाइने सुचना निकाल्यो । मागअनुसार आवेदन परिसकेको अवस्थामा म्याद थप गर्न पाइदैन । त्योअनुसार यसमा कम्पनीको बदमासी रहेको प्रष्ट देखिन्छ ।

त्यसपछि बोर्डले असार ४ गते नै आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न पत्रचार गर्यो । सोहीअनुसार उक्त आईपीओ निष्काशन अहिले स्थगित भइसकेको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । तर, त्यसमा पनि पुरै सेयर बिक्री भएको थिए । त्यसबेला नबिकेका बाँकी सेयर समेत थपेर सर्वसाधारणलाई जारी गरिएको थियो ।

यसमा कम्पनीकै पक्षबाट फर्जी आवेदन समेत परेको आशंका छ । आईपीओ निष्काशन हुने बेलासम्म कम्पनीको केही नकरात्मक पक्ष सञ्चारमाध्यमहरुमा आइसकेको थियो । त्यसमाथि आईपीओको मुल्य नै महंगो थियो । त्यो अनुसार कम्पनीको आईपीओ बिक्री हुँदैन कि भन्ने डर थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै कम्पनीले आइपीओमा फर्जि आवेदन परेको देखाउन खोजेको पनि देखिएको छ ।

सीडीएससीका अनुसार उक्त आइपीओमा १३ जनाले १०र१० लाख कित्ताको दरले आवेदन दिएका थिए । त्योअनुसार १ करोड ३० लााख कित्ता सेयरमा आवेदन परिसकेको थियो, जुन माग भन्दा बढी हो । उक्त १३ जनाले दिएको आवेदनमा १० जनाको आवेदन अस्वीकृत भइसकेको छ । उनीहरुको खातामा आवश्कताअनुसार पैसा नभएपछि आवेदन अस्वीकृत भएको हो । यसरी फर्जी आवेदन दिएर सर्वसाधारणको आर्कषण बढाउन खोजेको, झुक्काउन खोजेको पनि देखिएको छ ।

यस्तै, केयर रेटिङ्ग नेपाल लिमिटेडले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको रेटिङ पनि क्रेडिट रेटिङ्ग नियमावली विपरित भएको बताइएको छ । सोहीअनुसार बोर्डले केयर रेटिङ्ग नेपाललाई गत जेठ ३० गते नै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको थियो । तर, त्यसबारे केयर रेटिङ्ग नेपाल लिमिटेडले अझै पनि कुनै पनि जवाफ पठाएको छैन । यसमा पनि कम्पनीको बदमासी रहेको आशंका छ ।

यस्तै, पछिल्लो समय नेपाली सेयर बजार घट्दो क्रममा देखिन्छ । तर, त्योबेलामा समेत कम्पनीले उच्च मुल्य राखेर सेयर बिक्रीमा ल्याएको छ । स्वयम कम्पनीको व्यवसाय पनि नमज्जाले घटेको बताइन्छ ।

त्यो अवस्थामा कम्पनीले अपत्यारिलो वित्तीय विवरण बनाएर लगानीकर्तालाई डुबाउन खोजेको चर्चा समेत छ । यस्ता बिषयमा कम्पनीको बदमासी भएको देखिन्छ । तर कम्पनीले आफ्नो बदमासी लुकाउन विज्ञप्ती जारी गरेर चोखिन खोजेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending