Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बदमासी छल्न घोराही सिमेन्टको टालटुले विज्ञप्ती

खबरडबली संवाददाता

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो कम्जोरी ओझेलमा पार्न एक विज्ञप्ती सार्वजानीक गरेको छ । कम्पनीले शुक्रबार विभिन्न राष्ट्रिय दैनिक पत्रिका मार्फत तथा अनलाइन सञ्चार माध्यम मार्फत आफ्नो विज्ञप्ती सार्वजानीक गरेको हो ।

घोराही सिमेन्टको आईपीओ निष्काशनमा अनियमिता भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन प्रक्रिया स्थगित गरिदिएको छ । त्यसको छानविनका लागि बोर्डले कार्यदल समेत गठन गरेको छ । हाल त्यो अनुसन्धानकै चरणमा रहेकेा भए पनि कम्पनीले अन्नुसन्धानलाई समेत प्रभाव पार्नेगरि शुक्रबार विज्ञप्ती जारी गरेको हो । कम्पनीले जारी गरकाे विज्ञप्ती मार्फत कम्पनीले आफ्नो कमजाेरी लुकाउन खोजेको देखिन्छ ।

कम्पनीले आह्वान गरेको आईपीओमा सुरुकै म्यादमा माग भन्दा बढी आवेदन परिसकेको थियो । कम्पनीले असार १ गतेदेखि ४ गतेसम्मको पहिलो म्याद राखेर प्रिमियम मुल्य ९ प्रतिकित्ता ४३५० मा ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमा असार ३ गते नै ४ लाख ४५ हजार ८९० जना आवेदकबाट १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरको लागि आवेदन परेको हो, जुन माग भन्दा २.४९ गुणा बढी आवेदन आएका थिए । 

त्यो अनुसार कम्पनीले असार ४ गते बैकिङ समय पश्चात निष्काशन बन्द गर्नुपर्ने हो । तर, कम्पनीले उल्टै म्याद थप गरेर असार १४ गतेसम्म आवेदन दिन पाइने सुचना निकाल्यो । मागअनुसार आवेदन परिसकेको अवस्थामा म्याद थप गर्न पाइदैन । त्योअनुसार यसमा कम्पनीको बदमासी रहेको प्रष्ट देखिन्छ ।

त्यसपछि बोर्डले असार ४ गते नै आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न पत्रचार गर्यो । सोहीअनुसार उक्त आईपीओ निष्काशन अहिले स्थगित भइसकेको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । तर, त्यसमा पनि पुरै सेयर बिक्री भएको थिए । त्यसबेला नबिकेका बाँकी सेयर समेत थपेर सर्वसाधारणलाई जारी गरिएको थियो ।

यसमा कम्पनीकै पक्षबाट फर्जी आवेदन समेत परेको आशंका छ । आईपीओ निष्काशन हुने बेलासम्म कम्पनीको केही नकरात्मक पक्ष सञ्चारमाध्यमहरुमा आइसकेको थियो । त्यसमाथि आईपीओको मुल्य नै महंगो थियो । त्यो अनुसार कम्पनीको आईपीओ बिक्री हुँदैन कि भन्ने डर थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै कम्पनीले आइपीओमा फर्जि आवेदन परेको देखाउन खोजेको पनि देखिएको छ ।

सीडीएससीका अनुसार उक्त आइपीओमा १३ जनाले १०र१० लाख कित्ताको दरले आवेदन दिएका थिए । त्योअनुसार १ करोड ३० लााख कित्ता सेयरमा आवेदन परिसकेको थियो, जुन माग भन्दा बढी हो । उक्त १३ जनाले दिएको आवेदनमा १० जनाको आवेदन अस्वीकृत भइसकेको छ । उनीहरुको खातामा आवश्कताअनुसार पैसा नभएपछि आवेदन अस्वीकृत भएको हो । यसरी फर्जी आवेदन दिएर सर्वसाधारणको आर्कषण बढाउन खोजेको, झुक्काउन खोजेको पनि देखिएको छ ।

यस्तै, केयर रेटिङ्ग नेपाल लिमिटेडले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको रेटिङ पनि क्रेडिट रेटिङ्ग नियमावली विपरित भएको बताइएको छ । सोहीअनुसार बोर्डले केयर रेटिङ्ग नेपाललाई गत जेठ ३० गते नै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको थियो । तर, त्यसबारे केयर रेटिङ्ग नेपाल लिमिटेडले अझै पनि कुनै पनि जवाफ पठाएको छैन । यसमा पनि कम्पनीको बदमासी रहेको आशंका छ ।

यस्तै, पछिल्लो समय नेपाली सेयर बजार घट्दो क्रममा देखिन्छ । तर, त्योबेलामा समेत कम्पनीले उच्च मुल्य राखेर सेयर बिक्रीमा ल्याएको छ । स्वयम कम्पनीको व्यवसाय पनि नमज्जाले घटेको बताइन्छ ।

त्यो अवस्थामा कम्पनीले अपत्यारिलो वित्तीय विवरण बनाएर लगानीकर्तालाई डुबाउन खोजेको चर्चा समेत छ । यस्ता बिषयमा कम्पनीको बदमासी भएको देखिन्छ । तर कम्पनीले आफ्नो बदमासी लुकाउन विज्ञप्ती जारी गरेर चोखिन खोजेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending