Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

खबरडबली संवाददाता

काठमाडौं । मनोहरा किनारको त्यो घर केवल इँटा–सिमेन्टको संरचना थिएन—त्यो एउटा परिवारको इतिहास थियो, परदेशिएको छोराको पसिनाले जोडिएको सपना थियो। तर एक दिन डोजरको आवाजसँगै त्यो सपना एकैचोटि ढल्यो।

गोपाल नेपाली त्यतिबेला घरमै थिएनन्। छोरी बस्ने भकुण्डेबेसी पुगेका उनी बिहान फर्किँदा मनोहरामा हल्ला मच्चिसकेको थियो। डोजरले बस्ती पेल्न सुरु गरिसकेको थियो। उनले वर्षौं लगाएर बनाएको घर भत्किँदै थियो । तर आफ्नै घरबाट एउटा झोला सामान निकाल्ने समयसमेत पाएनन् उनले । “सामान त परै जाओस्, सम्झनासमेत जोगाउन पाइएन,” उनी रुन्दै भन्छन्।

२६ वर्षअघि जस्ताको छानो हालेर बस्न थालेका गोपालले त्यहीँ छोरालाई हुर्काए। गरिबीको बीचमा संघर्ष गर्दै बिस्तारै जीवन अघि बढ्यो। पछि छोरा रोजगारीका लागि साउदी अरब पुगे। त्यहीँबाट पठाएको पैसाले बुबाले झुप्रो घरलाई विस्तारै पक्की बनाउँदै लगे । चार कोठाको घर, बलियो ढोका, सानो तर आफ्नो संसार। तर त्यो घर बनाउने हात फेरि फर्किएन छोरा विदेशमै अस्ताए ।

त्यसपछि त्यो घर गोपालका लागि केवल बस्ने ठाउँ होइन । छोराको अन्तिम सम्झना थियो।  “उसले कमाएको पैसाले बनेको घर थियो। उसले छोएका सामान थिए। सबै गयो,” उनी गहभरि आँसु पार्दै भन्छन्।

सूचना होइन, हल्ला मात्रै

गोपालजस्तै धेरैले बस्ती हटाउने ‘हल्ला’ त सुनेका थिए। तर कसैले ढोकामा औपचारिक सूचना टाँसेन, कसैले आएर स्पष्ट भनेन। सरकारी टोलीसँग संवाद गर्ने मौका नै पाएनन्। “हल्ला र सूचना फरक कुरा हो नि,” गोपाल भन्छन्, “हामीलाई त कसैले आएर भनिदिएको भए, कम्तीमा सामान त जोगाउँथ्यौं।”

डोजर आएको खबर उनलाई छिमेकीको फोनबाट मात्र थाहा भयो—त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।

पुरिएको केवल घर होइन

भत्किएको घरसँगै पुरियो—टेलिभिजन, कम्प्युटर, दराज, भाँडाकुँडा, ग्यास चुलो। अझ महत्वपूर्ण, केही सुनका गहना र कागजपत्र पनि त्यहीँ हराए। तर गोपालका लागि सबैभन्दा ठूलो क्षति ती भौतिक वस्तु होइनन्—ती सम्झनाहरू हुन्। “घर ढल्दा मेरो जिन्दगीकै एउटा भाग ढल्यो,” उनी भन्छन्।

बस्तीभरि एउटै कथा

मनोहरामा त्यो दिन गोपाल मात्र होइन, सयौं परिवारको कथा उस्तै थियो। कोही रोइरहेका, कोही हतारहतार सामान बोकेर भागिरहेका। कोही छिमेकी सघाइरहेका, त कोही टाढैबाट ‘रमिता’ हेरिरहेका।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति, डोजरको आवाज, रुँदै कराउँदै गरेका मानिसहरू—त्यो दृश्य एक प्रकारको ‘मानवीय संकट’ जस्तै देखिन्थ्यो। बालीनालीमाथि राखिएका सामान, सडकभरि छरिएका कपडा र फर्निचर सबैले एउटा कुरा देखाइरहेका थिए: व्यवस्थापनभन्दा बढी हतारो।

अब कहाँ जाने ?

भत्काइएका परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरतर्फ लैजाने तयारी भइरहेको थियो। तर त्यहाँ पुग्न पनि ‘नागरिकता’ चाहिने भनिएपछि धेरै अन्योलमा परे। “सामान खोजौँ कि नागरिकता?” एक स्थानीयले व्यंग्य गरे।

गोपालजस्ता धेरैलाई सरकारले दिने भनिएको आवासबारे पनि स्पष्ट जानकारी छैन। अपार्टमेन्टमा राखिने कुरा सुनिएको छ, तर त्यो कहिले, कसरी—कुनै निश्चितता छैन। “साँघुरो कोठामा राखेर के हुन्छ? हाम्रो जीवन त्यहाँ अटाउँछ?” उनी प्रश्न गर्छन्।

प्रश्नहरू मात्रै बाँकी

गोपालको मनमा एउटा प्रश्न बारम्बार घुमिरहन्छ “विदेशीलाई शरण दिन सक्ने देशले आफ्नै नागरिकलाई किन यति असहाय बनाउँछ?”  उनी थप्छन्, “हामी अपराधी होइनौं। बस्न ठाउँ खोजेका मान्छे हौं।”

राजनीतिक भाषणमा सुकुमवासीको पक्षमा उभिने वाचा गर्ने नेताहरूको पनि उनलाई सम्झना आउँछ। “डोजरको अगाडि उभिन्छु भन्नेहरू अहिले कहाँ छन्?” उनी सोध्छन्।

एउटा घरको कथा, सयौं पीडाको प्रतिनिधि

मनोहराको बस्ती भत्किनु एउटा प्रशासनिक निर्णय हुन सक्छ। तर त्यसले छोएका जीवनहरू केवल तथ्यांक होइनन्—ती भावना, संघर्ष र सपनाहरू हुन्।  गोपाल नेपालीको घर ढल्यो। तर त्यससँगै ढल्यो । एक छोराको सम्झना, एक बाबुको आशा, र एउटा परिवारको भविष्य। अब बाँकी छ धूलो, प्रश्न, र प्रतीक्षा।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending