Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

काठमाडौँ ६ को निर्वाचन रोचक बन्दै, पुरानै उम्मेदवार प्रधान र नयाँ सर्वेन्द्र खनालमा को बलियो ?

खबरडबली संवाददाता
काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।
 
काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन्। नेकपा ९एमाले०बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्। 
 
कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसकेको छन् । विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएको थिय ।
 
पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गरेको हो । उहाँ पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रेको हो । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा छन् भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन्।
 
कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएको छन् ।  
 
त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको छन् । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उनको प्रमुख योजना रहेको छ ।
 
प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
 
यसैगरी किरण इङ्नाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ ९मास्के०,खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।
 
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य एक पदका लागि कूल २४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार छन्। 
 
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन् । त्यसमध्ये कांग्रेसले काठमाडौँका वडा नं २६, २७ र २८, तारकेश्वरका वडा नं २, ६, ७, ८, १०, ११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ । एमालेले तारकेश्वरका वडा नं १ र ९, सोही क्षेत्रभित्र पर्ने टोखाका वडा नं ८, ९, १० र ११ गरी छ वडामा विजय प्राप्त गरेको छ ।
 
गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई केलाउँदा कांग्रेस गठबन्धनको साथविना पनि बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षले १४ हजार दुई सय ५६, नेकपा ९माओवादी केन्द्र०ले एक हजार चार सय ५७ र नेकपा ९एकीकृत समाजवादी०ले सात सय ८० मत प्राप्त गरेका छन् । एमालेभन्दा कांग्रेस एक्लै पनि तीन हजार २१ मतान्तरले अगाडि छ । बासठ्ठी हजार एक सय दुई कूल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ । सोमध्ये २९ हजार नौ सय ६३ पुरुष र ३२ हजार एक सय ३८ महिला मतदाता छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending