Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

काठमाडौँ ६ को निर्वाचन रोचक बन्दै, पुरानै उम्मेदवार प्रधान र नयाँ सर्वेन्द्र खनालमा को बलियो ?

खबरडबली संवाददाता
काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।
 
काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन्। नेकपा ९एमाले०बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्। 
 
कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसकेको छन् । विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएको थिय ।
 
पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गरेको हो । उहाँ पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रेको हो । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा छन् भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन्।
 
कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएको छन् ।  
 
त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको छन् । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उनको प्रमुख योजना रहेको छ ।
 
प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
 
यसैगरी किरण इङ्नाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ ९मास्के०,खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।
 
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य एक पदका लागि कूल २४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार छन्। 
 
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन् । त्यसमध्ये कांग्रेसले काठमाडौँका वडा नं २६, २७ र २८, तारकेश्वरका वडा नं २, ६, ७, ८, १०, ११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ । एमालेले तारकेश्वरका वडा नं १ र ९, सोही क्षेत्रभित्र पर्ने टोखाका वडा नं ८, ९, १० र ११ गरी छ वडामा विजय प्राप्त गरेको छ ।
 
गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई केलाउँदा कांग्रेस गठबन्धनको साथविना पनि बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षले १४ हजार दुई सय ५६, नेकपा ९माओवादी केन्द्र०ले एक हजार चार सय ५७ र नेकपा ९एकीकृत समाजवादी०ले सात सय ८० मत प्राप्त गरेका छन् । एमालेभन्दा कांग्रेस एक्लै पनि तीन हजार २१ मतान्तरले अगाडि छ । बासठ्ठी हजार एक सय दुई कूल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ । सोमध्ये २९ हजार नौ सय ६३ पुरुष र ३२ हजार एक सय ३८ महिला मतदाता छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: