काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ कुल ११० सिटमध्ये सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । रास्वपाको भागमा ५७ सिट परेको छ । नेपाली कांग्रेसले २० सिट पाएको छ भने संसदमा तेस्रो ठुलो दल बनेको नेकपा ९एमाले०ले १६ सिट पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले नौ सिट पाएको आयोगले जनाएको छ ।
चार महिनाअघि मात्रै खुलेको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार चार सिट पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा कुल सदर मतसङ्ख्याको आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका कारण छ राजनीतिक दललाई मात्रै समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण गरिएको आयोगका प्रवक्ता तथा सहसचिव नारायण भट्टराईले बताए।
समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण भएसँगै रास्वपा अब प्रतिनिधि सभामा १८२ सदस्यका साथ सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो ।
प्रत्यक्ष र समानुपातिक सांसदको समेत गणना गर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) संसदमा व्रmमश: दोस्रो र तेस्रो ठुलो दल बनेका छन् । नेपाली कम्युनिष्ट पार्टी चौथो ठुलो दल बनेको छ भने श्रम संस्कृति पार्टी पाँचौ र राष्ट्रिय प्रजातन्त्र पार्टी छैटाँ ठुलो दल बनेको छ ।
समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार आयोगले यि दललाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर पठाउन राजनीतिक दललाई पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताए। अब राजनीतिक दलले विभिन्न क्लष्टरको आधारमा समानुपातिक उम्मेदवार छनोट गरेर आयोगमा पठाउने छ भने आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार मिलेको छ कि छैन भन्ने विषयमा अध्ययन गरेर उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने छ ।
प्रत्यक्षमा ५.४५ प्रतिशत, समानुपातिकमा ३.९५ प्रतिशत मत बदर
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो ।
कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदानको ९४.५५ प्रतिशत हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । यो समानुपातिकतर्फ भएको मतदानको ९६।०५ प्रतिशत हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: