Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

९७ वर्षीय खड्गबहादुर भन्छन् : ‘सय कटे बिहे गर्थें’

वृद्धभत्ता नै बाँच्ने सहारा, रोगले छोएन दुःखले छोडेन

खबरडबली संवाददाता

म्याग्दी । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका छन् म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा।

उमेरले ९७ औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन्। स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो।

करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन। श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पतीलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन्। 

झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ थपियो। त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहर्‍याइरह्यो, दुखिरह्यो। थापा दम्पतीका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन्। बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्छन्। 

उनको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र 'सहारा' पत्नी पनि आफूभन्दा पहिला छुट्लिन् कि भन्ने पीरले उनलाई सताउने गर्छ। 

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस। आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्छन्।

वृद्धभत्ता नै बाँँच्ने सहारा

मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पती खानेकुराको भने सौखिन नै छन्। जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पतीलाई के खाउँ र के लाउँको समस्या भने छैन।

बिहान ६ बजे उठेर नित्यकर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्छन्। त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान  घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणि शर्मा बताउँछन्।

‘मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्’ शर्माले भने।

उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ। स–साना बालबालिकासँग जिस्कँदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उनको बानी रहेको छ।

रोगले छोएन, दुःखले छोडेन

पचास वर्षको उमेर पार गर्न नपाउँदै नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुन्।

रोगको बारेमा सोध्दा उनले ठट्यौली शैलीमा भने, ‘चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई। राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरू त केही हुँदैन।’

उमेरमा अरूको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उनकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली छैनन्।

असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भनिन्, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौं अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौं।’

‘सय कटे बिहे गर्थें’

मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरूलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन्। उनका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन्।

अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आएका थापालाई ‘तपाईंको रहर के छ’ भनेर जिज्ञासा राख्दा भने, ‘सय वर्ष कटेपछि बिहे गर्ने रहर छ।’

थापाको कुरा सुनेपछि छिमेकी पदमपाणि मरीमरी हाँसे। बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन्। सोही रकमले घरको केही खर्च चल्ने गर्छ। अझैसम्म पनि थापा दम्पतीले खसीको मासु खान छोड्नु भएको छैन।

गाउँमा खसी काटे भने सबभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्छन्। घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बुढाबूढीले जिस्कँदै खाने उनका छिमेकी शर्माले बताए।

श्रीमती खिरकुमारीलाई आफूले फकाएर बिहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउँछन्।

‘पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ......’ भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने, ‘सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे।’

रातका साथी कुकुर

दिनभरि गाउँ घुमेर र छिमेकीहरूसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पतीलाई निकै नियास्रो लाग्ने गर्छ।

नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बुढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’

रात अबेरसम्म निद्रा नलागेपछि बुढाबूढी बाहिर निस्केर आँगनमा बस्छन्। त्यहाँ बस्दै आएको कुकुर थापा दम्पतीको साथी बन्छ। उनले एउटा सेतो कुकुर पालेका छन्। घरको सुरक्षा गर्नेदेखि देखि बुढाबूढीको साथी बनेको त्यस कुकुरलाई उनीहरूले ‘सेते’ नामले बोलाउँछन्। त्यही कुकुरलाई सुम्सुम्याउँछन्, माया गर्छन् र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउँछन्। 

‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,’ थापाले भने, ‘यही पीडा सहन नसकेर पटक/पटक म्याग्दी खोलामा हेलिएर दुवै जना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ,’ ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ।

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। खिरकुमारीले पनि ८० वसन्त पार गरिसकेका छन्।

शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आएकी छन्।

‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौं,’ खिरकुमारीले भावुक बन्दै भनिन्, ‘बुढेसकालले छोपेपछि जिउन निकै सकस भएको छ। हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ। निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई पनि नपरोस्।’

थापा दम्पतीको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरू हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैंसँग राख्न वा खाली रहेको घरमा बस्न पटक/पटक आग्रह गरे पनि थापा दम्पती मान्दैनन्।

उनीहरू भन्छन्, ‘बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामर्थ्य छैन।’

हजुरबुवा र आमाको दुःख कम गर्न हाल जापानमा रहेका उनका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरूको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पतीले मानेनन्।

उनी भन्छन्, ‘यो उमेरमा अरूलाई दुःख दिन मन नै मान्दैन। नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरूलाई दुःख दिन पनि मनले मान्दैन।’

आफूले दुःख पाएर पनि अरूलाई दुःख दिन नचाहने थापा दम्पती गाउँमा सबैका प्यारा छन्। कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरूलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरूले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending