Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कञ्चनपुरमा प्रमुख र उपप्रमुखमै २८ प्रतिशत मत बदर

खबरडबली संवाददाता

कञ्चनपुर । नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुखरउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि यहाँस्थित जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ । मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुख÷प्रमुख पदमै बढी बदर भएको हो ।

निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ । दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको छ । भीमदत्तनगरमा कूल ४२ हजार ७४९ मत खसेकोमध्ये नगरप्रमुख पदमा सात हजार ५३५ मत र उपप्रमुखमा छ हजार ९३८ मत बदर भएको छ । नगर प्रमुख र उपप्रमुखमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी यहाँको दोधारा–चाँदनीमा नगर प्रमुखमा एक हजार ४८७ र उपप्रमुखमा एक हजार ६८० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नदीपारीको दोधारा–चाँदनीमा कूल १८ हजार ३१९ मत खसेको थियो । यहाँ नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेस उम्मेदवारी विजयी भएका छन् ।

त्यस्तै नगरप्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको वेदकोट नगरपालिकामा कूल २२ हजार २९३ मत खसेको थियो । यहाँ नगरप्रमुखमा तीन हजार ६५६ र उपप्रमुखमा तीन हजार ७५६ मत बदर भएको तथ्याङ्कले देखाएको छ । नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ । जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ । 

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका पनि प्रमुख र उपप्रमुखलगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन् । शुक्लाफाँटाको नगरप्रमुखमा दुई हजार ९८९ मत र उपप्रमुखमा तीन हजार ९१९ मत बदर भएको छ । यहाँ नेकपा ९एमाले०का उम्मेदवार नगरप्रमुख र नेपाली कांग्रेसका उम्मेदवार उपप्रमुख जितेका थिए । यहाँ कूल २२ हजार ४२७ मत खसेको थियो ।

त्यसैगरी कृष्णपुर नगरपालिकामा २८ हजार ९४६ मत खसेको थियो । जसमा प्रमुखमा दुई हजार ७६७ र उपप्रमुखमा तीन हजार ५३५ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । यहाँ प्रमुख र उपप्रमुख पद दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन् ।

यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख बनेका छन् । तेइस हजार ६०८ मत खसेको पुनर्वासमा नगरप्रमुखमा चार हजार २९९ र उपप्रमुखमा चार हजार ३६२ मत बदर भएको छ ।

यहाँको बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का पातिलाल चौधरी दोस्रो पटक प्रमुखमा निर्वाचित भनेका  छन् । यहाँ उपप्रमुख भने नेकपा एमालेबाट निर्वाचित छन् । पच्चीस हजार ७३७ मत खसेको बेलौरी नगरपालिकामा नगरप्रमुखमा दुई हजार ८१९ र उपप्रमुखमा दुई हजार ९५० मत बदर भएको देखिन्छ ।

त्यसैगरी यहाँको बेल्डाँडी गाउँपालिकामा समेत मत बदर भएको छ । यहाँ पालिका अध्यक्षमा एक हजार ३७२ र उपाध्यक्षमा एक हजार ६४३ मत बदर भएको छ । नौ हजार ८३६ मत खसेको बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष/उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी यहाँको राना थारु समुदायको बाहुल्य भएको लालझाडी गाउँपालिकामा अध्यक्षमा एक हजार ४११ र उपाध्यक्षमा एक हजार ७४४ मत बदर भएको छ । एघार हजार ३३५ मत खसेको यहाँ नेकपा एमालेका उम्मेदवारले अध्यक्ष/उपाध्यक्ष जितेका थिए । दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा ९० हजार १०४ जना मतदानमा सहभागी भएनन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending