Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ: मन्त्री रेग्मी

खबरडबली संवाददाता
काठमाडौँ  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बतएका छन् । 
 
मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताए । उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री रेग्मीले महिला अधिकारसँग जोडिएका कानून निर्माण, संशोधन वा महिलाको अधिकारका निम्न काम गर्न सल्लाह/सुझाव दिन सबैमा  आग्रह गरे । 
 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले तयार गरेको ६ वर्षे रणनीतिमा एकल महिलाको विषयवस्तुलाई समावेश गरेको उल्लेख गर्दै मानव अधिकारसँग जोडिएका एकल महिलाका सवालमा आयोगले अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले एकल महिलाको अधिकारका निम्ति आफ्नो नगरपालिकाले सक्रियताका साथ काम गर्दै आएको जानकारी दिए । सत्तरीभन्दा बढी जिल्लाका एकल महिला समूहको प्रतिनिधित्व गर्दै विभिन्न जिल्लाबाट २५० एकल महिला सहभागी सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 
 
एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिला सवलीकरण, सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक न्यायका लागि र समग्र एकल महिलाका हकअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । सबै जिल्लाको विभिन्न गाविस तथा नगरपालिकामा समूह गठन गरी सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलालाई ससम्मान पहिचान तथा परिर्वतनका बाहकका रुपमा तयार गर्नसमेत संस्था स्थापनाकालदेखि अग्रसर रहँदै आएको छ । एकल महिलालाई ५५ वर्षको उमेरमा भत्ता उपलब्ध गराउने निर्णयप्रति एकल महिला समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।  
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending