Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

यसरी छानिँदैछन् कात्तिक २७ गते एमाले महाधिवेशन प्रतिनिधि

खबरडबली संवाददाता

 काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । 

एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७ कात्तिकमा महाधिवेशन प्रतिनिधि चयन हुनेछ ।

निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

महाधिवेशन प्रतिनिधि चयन यसरी गरिनेछ :
- महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि  र  सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरूलाई मताधिकार नहुने ।

- प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा दुई महिलासहित पाँच जना दरले निर्वाचित हुने प्रतिनिधि ।

- प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।

- देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोहीअनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने  ।

- देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि । सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।

- भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तिमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

- भारत, अमेरिका (क्यानडासमेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।

- पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा दुई महिलासहित पाँच जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

- नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालका सदस्यहरूबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending