धनुषा । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना र रु छ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिए ।
गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।
गत कात्तिक २९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकी काठमाडौँ ल्याएर उपचार गरिएको थियो ।
आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो ।
घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष छ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी छ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो ।
अङ्गभङ्गमा पाँच वर्ष, कुरुप बनाएकामा आठ वर्ष र एकीकृत कसुरको थप दुई वर्ष छ महिना सजाय माग गरिएको थियो । यस मुद्दामा यसअघि छ वटा पेशी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
एसिड आक्रमणबाट आरतीको दाँहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायतका अङ्ग जलेर कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाँहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन् ।
यसैबीच एसिड पीडित आरती साहलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई आजै सो रकम बराबरको चेक हस्तान्तरण गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...
आषाढ़ ५ गते, २०८३ - ०७:१५
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...



प्रतिकृया लेख्नुहोस्: