महोत्तरी । जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ ।
दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्काे जातको कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएका बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको हो ।
सौतेनी आमा रागनीले बालक रितेशको घाँटी थिचेर हत्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता घटनापश्चात् आमा र बुवा दुवै जना घरबाट फरार भएका थिए । प्रहरीले घटना घटाएकै दिन बुवालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...
आषाढ़ ५ गते, २०८३ - ०७:१५
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...



प्रतिकृया लेख्नुहोस्: