सुदूरपश्चिम । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा गराउने बादल देखिँदैन । अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियसको हाराहारीमा छ ।
तापक्रम धेरै नभए पनि हावामा बढेको सापेक्षित आद्रताका कारण अत्यधिक गर्मी महसुस भएको हुन सक्ने स्थानीयवासी तेजराज भट्ट बताउनुहुन्छ । बढेको गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरका कोठामा समेत पङ्खाले तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको अर्का स्थानीयवासी जनक पाण्डेले बताए । उनले भने, 'पूर्वी र मध्य नेपालका विभिन्न जिल्लामा भइरहेको वर्षाले विपद् निम्त्याइरहेको सुनिन्छ, हाम्रोतिर यहाँ वर्षाको अभावमा निम्तिएको सुक्खा खडेरीले सर्वसाधारण मारमा परेका छन् ।'
अत्यधिक गर्मीले काम गर्न सास्ती खेप्नु परेको अनुभव धनगढीका मजदूर कुँवरप्रसाद चौधरीले सुनाए । ''काम नगरी घरमा बस्दा पनि रातदिन शरीरमा पसिना आइरहँदा काम गर्न घरबाहिर जान सकिँदैन', उनले भने । गर्मी छल्नका लागि कतिपय व्यक्ति चिसो मौसम रहेको कैलालीको चुरे पहाडी क्षेत्रको खानीडाँडा र सहजपुरसम्म पुग्ने थालेका छन् । राम्रोसँग वर्षा नहुँदा देखिएको सुक्खा मौसमका कारण रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको किसानको भनाइ छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: