Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

आधा दर्जन नदीमा बाढी

खबरडबली संवाददाता

जलेश्वर​ । विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।

यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित ९जिल्ला दैविक प्रकोप उद्धार समिति० लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रुपमा सतर्क भएको जनाइएको छ ।

यसैबीच जिल्लाको बलवा नगरपालिका–१ स्थित बर्दिया बञ्चौरी गाउँमा रातो नदीले तटबन्ध कटान गर्न शुरु गरेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशका माओवादी मन्त्रीले दिए राजीनामा

जनकपुर । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश सरकारमा सहभागि दुई मन्त्रीले राजिनामा दिएका छन् । सरकारमा सहभागी दुई जना मन्त्रीले आइतबार मुख्यमन्त्री...

संखुवासभामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

संखुवासभा । संखुवासभामा एक थान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका-१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालि...

धनुषा र कैलालीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । धनुषा र कैलालीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले धनुषाबाट २ जना र कैलालीबाट एक जना पक्राउ गरेकाे हाे ।  धनुषाको मि...

बलात्कार आरोपमा मनाङमा एकजना पक्राउ

मनाङ । मनाङमा  बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राई रहेका छन् ।  २१ वर्षीया...

गेटा आँखा अस्पतालद्धारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा संचालन गरेको शल्यक्रिया शिविर मार्फत ५ सय ६८ जनाको आँख...

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रति...

रावायण’मा भारतीय प्रख्यात गायकगायिकाहरु

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष...

साताको कारोबारको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम ३ अर्ब १५ करोड

काठमाडौैं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को विन्दुमा पुगेको छ । ...

अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढीका कारण सयौंको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौंको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने पनि आशंका छ । तालिवान...

सडक स्तरोन्नतिमा माटो उपलब्धताको समस्या

मोरङ । एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्डमा माटोको सहज उपलब्धता नहुँदा समयमै लक्षित प्रगति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies