Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

महाकाली थुनेरै सडक बनाउँदा नेपालको बाटोमा क्षति पुगेपछि भारतलाई पठायो पत्र

खबरडबली संवाददाता

गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्याे । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो ।

नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो । नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो । सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो । गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका-२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ । झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ ।

घोरेटो भत्किदा व्याँस-१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस-२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बता । भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ ।

महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ । महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउँछन् । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ ।

धार्चुलाभन्दा माथिल्लो भू-भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ । 'खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुङ्गा महाकाली मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ', बुढाथोकी भन्छन्, 'खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ ।'

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको छ । भारतले दशकदेखि यसरी सडक निर्माण गर्दैछ । नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुङ्गा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ । यसअघि पनि भारतले नेपालको महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो । मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टानहरु नेपाली भूभागमा प्रशस्त मात्रा देखिने गरेको व्याँसका स्थानीय दिपक खाती बताउँछन् ।

गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो । सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्याँसका स्थानीय बताउँछन् । भारतको सो सडक निर्माणको क्रममा जताततै स्थानीयले वारपार गर्ने गरी महाकालीमा ढुङ्गा फालिएका छन् । व्यासका वडाध्यक्ष बुढाथोकी भन्छन्, 'यो अहिलेको पहिरो मात्र हैन विगतमा पनि यस्तै ठाउँठाउँमा बाटो भत्काए पनि नेपाल सरकारले लगानी गरेर बाटो बनाउनु परेको थियो ।'

वर्षेनी भारतले सडक बनाउँदा, विस्तार गर्दा नेपालतिरको घोरेटो बाटो भत्किने गरेको उनले बताए । अहिले कल्जु क्षेत्रमा भत्किएको बाटो भारतीय पक्षले नै बनाउने गरी उच्चस्तरीय पहल गरिनुपर्ने उनको भनाइ छ । सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन् । बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।

महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाब नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार  गरेको छ । गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराएका छन् ।

उनले पत्रमा लेखिएको छ, ‘व्याँस गाउँपालिका-२ कल्जुखोला नजिकै त्यहाँको  सडक निर्माण गर्ने क्रममा जेलिटिन पट्काउँदा माथिबाट पहिरो खसेर महाकालीमा पानी जम्मा भई नेपालतर्फको  घोरेटो बाटो अवरुद्ध भएकाले जम्मा भएको पानी खोली बाटोको सहज आवागमनको लागि अनुरोध छ ।’

भारतीय प्रशासनलाई लेखिएको पत्रको पाँच दिनसम्म जवाफ आएको छैन । प्रजिअ जोशीले भारतको धार्चुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण पटकपटक महाकाली नदी नेपालतिर आउने र समस्या हुने गरेको विवरण गृह मन्त्रालयलाई जानकारी गराएका छन् । उनले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएरै सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका त्यस्ता गतिविधि रोक्न पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरिएको जानकारी दिए । 'लिखित मात्र हैन, फोनमार्फत पनि जानकारी भारतीय पक्षलाई गराएको छु, प्रजिअ जोशीले भन्नुभयो, “तर अहिलेसम्म गर्छु पनि भनेको छैन् ।'

स्थानीयलाई सास्ती
व्यास गाउँपालिका-२ को कल्जु सिमसिम पानी क्षेत्रमा झण्डै २५० मिटर बढी घोरेटो बाटो अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती भोग्नु परेको छ । व्याँस गाउँपालिकाको दुई वडा जोड्ने घोरेटो बाटो अवरुद्ध भएपछि अहिले स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको हो ।

व्याँस गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भारतीय अहिले पनि सो क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गराउँदा नेपालतिरको थप बाटो क्षति हुने अवस्था आएको बताए । शुक्रबार पनि थप पहिरो आएको छ । पूरै पहाड नेपालतिर पुगेको छ । महाकाली खोला पूरै नेपालतिर धार परिवर्तन गर्दै कटान गर्दैछ ।

स्थानीयले दुईदेखि तीन घण्टा थप पहाड हिंडेर मात्रै बाटोमा पुग्न सकिने अवस्था रहेको उनले बताए । बर्खा निरन्तर छ । अझै उता (भारत)तर्फ बाट पहिरो आइरहेको छ । भारतमा पनि सडक अवरुद्ध भएको छ । सडक सञ्चालन भएको छैन् । चट्टान खस्ने क्रम जारी रहेकाले निर्माणमा सास्ती भएको बुढाथोकीले बताए ।

कल्जुभन्दा माथिल्लो क्षेत्रमा यकिन घोरेटो बाटोे कति भत्किएको भनेर हेर्न सकिने अवस्था छैन्, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दुम्लीङका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिह बोहराले भने, 'हेर्न जान बाटो छैन् । अहिले यो बाटो पूर्णरुपमा अवरुद्ध छ । चट्टानी ढुङ्गाहरु खोलावारी आएका छन् ।' रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending