Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

१६० बेपत्ता अझै भेटिएनन्...

\"earthquake\"८ साउन, काठमाडौं । १२ र २९ वैशाखको भूकम्पमा हराएकामध्ये एक सय ६० जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार एक सय ३८ नेपाली र २२ जना विदेशी बेपत्ता छन् । भूकम्पका वेला काठमाडौंसहित रसुवा, गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र धादिङमा हराएकाहरू भेटिएका छैनन् । धेरैजसो रसुवा, गोरखा र सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा बेपत्ता भएका छन् । आजको नयाँ पत्रिका दैनिकले बेपत्ताहरुको बारे समाचार लेख्दै लेखेको छ–काठमाडौंबाटमा मात्र २७ जना बेपत्ता रहेका छन् । सिन्धुपाल्चोकमा हराउनेहरू पासाङ छोरी शेर्पा, हिरामाया गुरुङ, नरबहादुर तामाङ, जयराज कार्की, भूपेन्द्र भुसाल, सुनील ठाकुर छन् । त्यस्तै, रसुवामा मात्र एक सय पाँचजना अझै हराइरहेको रसुवाका प्रहरी प्रमुख डिएसपी प्रवीण पोखरेलले बताए । रसुवामा हराउनेमा २२ जना विदेशी छन् । नुवाकोटमा दुईजना, दोलखा र धादिङमा एक–एकजना बेपत्ता छन् । दोलखामा आसबहादुर गुरुङ, धादिङमा किरण थुलुङ, नुवाकोटमा शिवप्रसाद घिमिरे, विमन तामाङ हराउनेको सूचीमा छन् । उता, भूकम्पमा मृत्यु भएका करिब ५० जनाको शव पहिचान हुन सकेको छैन । १४ वटा सग्लो शव र अरू अस्थिपञ्जरको डिएनएमार्फत प्रहरीले सनाखतको प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीले बेपत्ताको खोजीका लागि टिम नै बनाएर समन्वय गर्दै आएको छ । गृह मन्त्रालयका अनुसार भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार नौ सय ९८ पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending