Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

देखिनथाले संसारकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटक

बलेवा । कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले आन्तरिक पर्यटक देखिन थालेका हुन् ।

बन्दाबन्दीको समयमा सर्वसाधारणलाई सो पुलमा प्रबेश गर्न रोक लगाइएको थियो । बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले हालै पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

“‘मर्निङ वाक’मा पुग्नेहरु र ‘इभिङ् वाक’ गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’ उनले भने, “कोरोनाको त्रास हुँदा पनि देखिएको चहपल सुखद छ ।”

दशैं र तिहारजस्ता पर्व नजिकीएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुल हेर्न आउनेहरु बढेको पर्यटन पत्रकार समूहका जिल्लाअध्यक्ष बिजय रानाले बताए । असोज १देखि सार्वजनिक यातायात पनि खुल्ला भएपछि यो पुलमा थप चहल पहल बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । यो सिङ्गल स्पानको पुल कालिगण्डकी नदीदेखि १६५ मिटर उचाइमा छ । सिङ्गल स्पान संसारकै लामो भएको जिकिरसहित यसलाई गिनिज बुकमा लेखाउने प्रकृयासमेत नगरपालिकाले थालेको छ ।

सो पुलबाट हेर्न सकिने पकृतिक दृष्यले पर्यटकलाई लोभ्याउँछ । प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालिगण्डकीको बहाव र दर्जनौ हिमऋङ्खला देखिने भएकाले यहाँ पर्यटक लोभिएको पर्यटन बिकास समितिका जिल्लाअध्यक्ष राजु खड्काले बताए । पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उनको भनाइ थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending