बलेवा । नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम शुरु गरेको छ । सङ्घीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम शुरु भएको हो ।
वडा नं १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३।१ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ । जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्ने छ । चालू आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गर्ने सडक आयोजनामा यो सबैभन्दा ठूलो आयोजना हो ।
वडा नं १३ पैँयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको इञ्जिनीयर मनोज शर्माले बताए । रु आठ करोड ७२ लाख २८ हजार बजेट रहेको सो सडक रु छ करोड ३० लाख ४४ हजारमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।
सङ्घीय सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा सो सडक कालोपत्रको काम शुरु भएको हो । दुई वर्षे कार्यक्रम भए पनि गत वर्ष काम हुन नसकेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रको काम आगामी असार मसान्तसम्म सक्नुपर्नेछ । रौताहा कन्स्ट्रक्सन प्रालीले सो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताए ।
गत आवमा केही स्तरोन्नति भएका ती सडक क्रमागत छन् । पानी ट्याङ्की–बलेवा विमानस्थल सडक र पाउजा–अमलाचौर सडक गत वर्ष केही ठाउँमा ढलान र कालोपत्र भएका छन् । गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडाहुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम शुरु भएको छ । रु एक करोड ६६ लाख ६४ हजार बजेट विनियोजन भएको यो सडक रु ८४ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ । सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले जनाएको छ ।
वडा नं ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रेहुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कालोपत्र थालिएको सो सडक ७५० मिटर कालोपत्र हुनेछ भने यही सडकमा थप रु एक करोड ५० लाख थप गरेर सडकको स्तरोन्नति गरिनेछ । रु ९९ लाख ९९ हजार ९१० बजेट रहेको उक्त सडकको काम बिएमए निर्माण सेवा बागलुङले रु ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ ।
स्थानीय सडकको स्तरोन्नति हुँदा वर्षायाममा बन्द रहने सडक सञ्चालनमा सहज हुने नगरपालिकाले जनाएको छ । बागलुङ बजारभित्रका सडकको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ । सडक बोर्ड नेपालसँगको सहकार्यमा बजारक्षेत्रभित्र भत्किएका सडक टालटुल पार्ने काम चलिरहेको शर्माले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: