Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विदेशबाट फर्केर तरकारी उत्पादनमा दाजुभाइ

गलकोट । लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गरेका छन् । बागलुङ नगरपालिका–४ गौरीधामका दुई दाजुभाइ पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेतीमा अग्रसर भएका छन् ।

दाजुभाइ भविलाल विक र टेकबहादुर विकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरी रहनुभएको छ । उनीहरुले ११ वटा टनेलमा टमाटर लगाएका छन् । उनीहरुको तरकारी बारीमा अहिले टमाटरसँगै घिरौला र सिमीसमेत फलिरहेको छ । पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाई सकेर नेपाल फर्केका टेकबहादुर र मलेसियामा ११ वर्ष रोजगारी गरेका भविलालले वार्षिक रु एक लाख भाडा तिर्ने गरी लिएको जग्गामा व्यावसायिक तरकारीखेती सँगै कुखुरा र हाँससमेत पालेका छन् ।

“विदेशमा लामो समय बिताइयो, लगानीका लागि रकम जुटायौँ, बस्ने बाँस बनायौँ”, टेकबहादुरले भने, “भाई भविलालले चार वर्षदेखि खेती गर्दै आएको थियो, त्यही देखेर मैले पनि सिके अहिले मिलेर सामूहिकरुपमा काम गर्दै आएका छौँ ।” बोइलर कुखुरा, टर्नेलमा टमाटर, लोकल कुखुरा, हाँससहित अन्य तरकारी बेचेर उहाँहरुले मासिक रु एक लाख आम्दानी गर्दै आएको बताए ।

हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्थापन गर्न रु १० लाख लगानी गरेका दुई भाइले हालै ‘युके कृषि तथा पशुपालन फार्म’ दर्ता गरेका छन् । थोपा सिँचाइ र मल्चिङ अपनाउँदै आएका दाजुभाइ शुरुआती चरणमा नै व्यावसायिक तरकारीखेती सफल हुँदै गएपछि उत्साहित भएका छन् ।

टमाटर एक वर्षमा दुईपटक र अन्य तरकारी खेती मौसमअनुसार लगाउँदै आएका उनीहरुले काउली, ब्रोकाउली जस्ता बेमौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनीहरुले आफ्नो पुख्यौली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा वार्षिक रु पाँच लाख बराबरको आलु उत्पादन गर्दै आएका छन् । आलुखेतीका लागि पकेट क्षेत्र रहेको धम्जा पुगेर दाजुभाइले मौसमअनुसारको आलुखेती गर्दै आएको छ । विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै देशको माटोमा पोख्न पाउँदा उनीहरु खुशी देखिन्छन् । वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा लागेका युवाका लागि सरकारले कृषि अनुदान कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending