Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मलको कालोबजारी गरे कारवाहीको चेतावनी

भरतपुर । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो ।

थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमति लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन गरेको उनले भने ।

यस्तै स्थानीय निकायसँग समन्वय गरी कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ । अहिले धान पसाउन शुरु गरेका हुनाले अबको १५ दिन धान बालीका लागि संवेदनशील समय भएको उल्लेख गर्दै उचित मलजल हुन नसकेमा उत्पादनमा ह्रास आउनसक्नेतर्फ ज्ञान केन्द्रले सचेत गराएको छ । प्रमुख ढकालले सहकारी र कृषक समूहलाई धान बालीलाई प्राथमिकतामा राखेर मल वितरण मिलाउनसमेत अनुरोध गरिएको बताए । कसैले कालोबजारी गरेको थाहा पाए जानकारी उपलब्ध गराउनसमेत ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

चितवनमा हालसम्म ४२६ मेट्रिक टन मल वितरण भइसकेको छ । नेपाल सरकारले उपलब्ध गराउने कोटामध्य कृषि सामग्री कम्पनीबाट आठ हजार मेट्रिक टन र साल्ट्र ट्रेडिङबाट ८०० मेट्रिक टन वितरण हुने गरेको छ । वितरण हुन बाँकी मलसमेत केही दिनमा आउने र वितरणमा पनि सहजता हुने ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । सरकारले उपलब्ध गराएको मल न्यायोचित ढङ्गले वितरण गर्न ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

मागअनुसारको आपूर्ति हुन नसक्दा देशभर नै मलको चरम अभाव छ । चितवनमा वार्षिक १० हजार मेट्रिक टन मलको माग हुने गर्दछ । सबैभन्दा धेरै धान बालीका लागि मल चाहिने गरेको छ । साउन महिनामा मात्रै साल्ट्र ट्रेडिङ कार्पोरेशन लिमिटेडले ४२६ मेट्रिक टन युरिया मल बिक्री गरिसकेको छ भने कृषि सामग्री कम्पनीले युरियाबाहेकका मल बिक्री वितरण गरेको छ । चितवनमा रासायनिक मलको बिक्री वितरणका लागि अनुमति लिएका १०३ वटा सहकारीले ज्ञान केन्द्र चितवनको सिफारिसमा अनुदानको रासायनिक मल वितरण गर्दै आएका छन् ।

मलको दुरुपयोग नगर्न संघको अपिल

जिल्ला सहकारी सङ्घ चितवनले सरकारले अनुदानमा वितरण गरेको रासायनिक मलको दुरुपयोग नगर्न अपिल गरेको छ । सङ्घका अध्यक्ष हरिप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा वितरण गरिएको मलको दुरुपयोग गरी उच्चतम मूल्यमा बिक्री वितरण गर्दै आइरहेको गुनासो आएकाले यस्ता अनुचित कार्य नगर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेका छन् । ।

कसैले अधिकारको दुरुपयोग गरी अनुचित ढङ्गले कारोवार गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला सहकारी सङ्घमा जानकारी गराइदिन पनि सम्पूर्ण उपभोक्ता एवं सर्वसाधारणमा अनुरोध गरिएको छ । कोरोनाका कारण सबै क्षेत्रजस्तै कृषि क्षेत्र पनि मर्कामा परेको भन्दै मल अभावले कृषकमा तनाव सिर्जना भएको सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

राज्यले उपलब्ध गराएको सीमित मललाई जिल्लास्तरमा संयन्त्र निर्माण गरी वितरण भइरहेको सङ्घले जनाएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । जिल्लामा मागअनुसारको मल उपलब्ध हुन नसक्दा कोरोना महामारीका बीच किसान भिडभाड गर्दै लाइनमा बसेर मल लिन बाध्य छन् । किन्नेले चाहे जति मल पनि पाउन सकेका छैनन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending