चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्दो दुर्घटना र सवारीजाम नियन्त्रण गर्न चितवन प्रशासनले ओभरटेक गर्ने प्रवृत्तिविरुद्ध कडाइ गर्ने भएको छ। वर्षायाममा सडक खुलेलगत्तै चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना बढ्न थालेपछि प्रशासनले ट्राफिक नियमको कडाइका साथ पालना गर्न निर्देशन दिएको हो।
आइतबार बिहान यही सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मुग्लिनतर्फ जाँदै गरेको यात्रुवाहक बसले ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको हो। उनले ओभरटेककै कारण दुर्घटनासँगै लामो सवारीजाम हुने, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीलाई बाटो बनाउन कठिन हुने र उद्धार कार्यसमेत प्रभावित हुने गरेको बताए।
उनले भने, "आज बिहानको दुर्घटनामा पनि जामका कारण उद्धार कार्यमा ढिलाइ भयो।"
बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक तथा चितवन क्षेत्रको पृथ्वी राजमार्गमा रातिको सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो। आइतबार बिहान ५:३० बजे सडक खुल्नेबित्तिकै चालकहरूले हतारमा ओभरटेक गर्दा दुर्घटना भएको प्रशासनको निष्कर्ष छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेखनीय रूपमा घटाउन सकिने बताए।
यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा रातिको सवारी सञ्चालनमा रोक लगाउनु यात्रुको सुरक्षाका लागि बाध्यात्मक निर्णय भएको स्पष्ट पार्दै सडक खुलेपछि आ–आफ्नै लेनमा सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकलाई आग्रह गरे।
प्रशासनले अबदेखि ट्राफिक नियम उल्लङ्घन गरी जोखिमपूर्ण रूपमा ओभरटेक गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०८:०७
जलाभिषेक, पूजा–आराधना र व्रतका लागि बिहानैदेखि लामबद्ध श्रद्धालु
श्रावण ४ गते, २०८३ - ०७:५८
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...
श्रावण ४ गते, २०८३ - ०७:५१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...
श्रावण ४ गते, २०८३ - ०७:४६
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...
श्रावण ४ गते, २०८३ - ०७:३८
काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...
श्रावण ३ गते, २०८३ - १९:५४
काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...
श्रावण ३ गते, २०८३ - १९:२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...
श्रावण ३ गते, २०८३ - १९:१८
पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...



प्रतिकृया लेख्नुहोस्: