भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्शपछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ ।
कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ । प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाउनुभएको थियो तर केही मन्त्री काठमाडौँमा र केही गृहजिल्लामा रहेकाले बैठक पूर्ण हुन नसकेको जनाइएको छ । प्रमुख सचेतक जमुना ढकालले सबै मन्त्रीसँग एकै पटक छलफल गरेर मात्रै सरकारमा रहने वा नरहने विषयमा निर्णय गरिने बताए। उनका अनुसार सरकारमा रहेका पाँचैँ जना मन्त्री उपस्थित हुन नसकेकाले छलफल निष्कर्षमा पुग्न सकेन ।
कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा तत्काल सत्ता समीकरण परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको बताए। उनका अनुसार प्रदेशमा कांग्रेस–एमालेबिचको सहकार्यमा कुनै ठुलो विवाद नरहेकाले केन्द्रको राजनीतिक समीकरणका आधारमा मात्रै सरकार परिवर्तन गर्नु उपयुक्त नहुने धारणा अधिकांश मन्त्रीको छ । उनले पूर्वसहमति कार्यान्वयन गर्दै आवश्यक परे सरकारको नेतृत्व परिवर्तनबारे छलफल हुन सक्ने भए पनि गठबन्धन नै परिवर्तन गर्ने विषय व्यावहारिक नदेखिएको बताउनुभयो ए। यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको निर्णय अनुसार मन्त्रीले राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने बताउनुभएको थियो । केन्द्रमा नेपाली कांग्रेसले नेकपा ९एमाले० सँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने चर्चा भइरहेका बेला लुम्बिनीमा भने तत्काल सत्ता समीकरण परिवर्तन हुने सम्भावना न्यून देखिएको छ ।
लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन् । एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ प्रदेश सभा सदस्य छन् । कांग्रेस र नेकपा मिल्दा ४० सदस्य सङ्ख्या पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत जुटाउन अन्य दलको समर्थन अपरिहार्य रहने अवस्था छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविव्रmम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार सहभागी छन।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक यमुना रोका तामाङले प्रदेश सरकारको वर्तमान सत्ता समीकरण तत्काल परिवर्तन हुने अवस्था नरहेको बताए । उनले केन्द्रको राजनीतिक परिस्थिति केही दिनमै स्पष्ट हुने र त्यसपछि आवश्यक राजनीतिक निर्णय अघि बढ्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: