काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। संस्थापन पक्षले भ्रम फैलाएको आरोप लगाउँदै इतर समूहले आफूहरू सुरुदेखि नै सहमतिका पक्षमा रहेको दाबी गरेको हो।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूको बैठकले प्रेस विज्ञप्तिमार्फत प्रस्ताव सार्वजनिक गरेको हो।
बैठकपछि नेता मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा पार्टी एकताको विषयमा नियमित महाधिवेशनका पक्षधरले अव्यावहारिक प्रस्ताव अघि सारेको भन्ने प्रचारलाई 'निराधार, मिथ्या र भ्रामक' भनिएको छ।
विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि इतर समूहले जेठ १८ गते नै औपचारिक छलफल गरी सहमतिमूलक पाँच बुँदे प्रस्तावसहित जवाफ दिएको जनाएको छ।
इतर समूहका पाँच प्रस्ताव यस्ता छन्
चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई विशेष महाधिवेशनबाट बन्ने कार्यसमितिसँग समायोजन गर्दै गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति पूर्णता दिने।
सभापति गगनकुमार थापाको स्पष्ट बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने।
पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने।
महाधिवेशनसँग सम्बन्धित सबै समितिमा वर्तमान संस्थापन पक्षकै बहुमत रहने व्यवस्था गर्ने।
गगनकुमार थापा संयोजक रहेको तत्कालीन समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वतः १५औं महाधिवेशनमा सहभागी गराउने तथा डिजिटल अभिलेखीकरणलाई सदस्यता नवीकरणसँग नजोड्ने।
इतर समूहले यी प्रस्ताव पार्टी एकतालाई सहज बनाउने उद्देश्यले अघि सारिएको दाबी गरेको छ। यद्यपि, संस्थापन पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ। कांग्रेसभित्रको शक्ति संघर्ष र नेतृत्व विवादबीच सार्वजनिक गरिएका यी प्रस्तावले अब पार्टी राजनीतिमा नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०७:५८
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...
श्रावण ४ गते, २०८३ - ०७:५१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...
श्रावण ४ गते, २०८३ - ०७:४६
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...
श्रावण ४ गते, २०८३ - ०७:३८
काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...
श्रावण ३ गते, २०८३ - १९:५४
काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...
श्रावण ३ गते, २०८३ - १९:२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...
श्रावण ३ गते, २०८३ - १९:१८
पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...
श्रावण ३ गते, २०८३ - १९:१७
चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी...



प्रतिकृया लेख्नुहोस्: