काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा दिएको आक्रोशपूर्ण अभिव्यक्तिको जेनजी अभियन्ता मिराज ढुङ्गानाले बचाउ गरेका छन्। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक पदको मर्यादाबारे धारणा राख्दै उनले शाहीमाथि गरिएका आधारहीन आरोपको प्रतिवाद गर्दा आएको प्रतिक्रिया अस्वाभाविक नभएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढुङ्गानाले सार्वजनिक पदमा रहेका व्यक्तिले जनताको जायज आलोचना स्वीकार गर्नुपर्ने भए पनि झुटा र आधारहीन आरोप निरन्तर लाग्दा जोसुकैले पनि संयम गुमाउन सक्ने टिप्पणी गरेका छन्।
उनले आफू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै नेता तथा जनप्रतिनिधिले आलोचनालाई सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। तर, त्यसको अर्थ कुनै पनि व्यक्तिले निराधार आरोप र अपमान अनन्तसम्म सहेर बस्नुपर्छ भन्ने नहुने उनको भनाइ छ।
ढुङ्गानाले राप्रपाका नेता शाहीले सामाजिक सञ्जालमा आफूमाथि आएका आरोपको प्रतिवाद गर्ने क्रममा दिएको अभिव्यक्ति सधैँका लागि आदर्श उदाहरण नभए पनि अहिलेको सन्दर्भमा त्यसलाई अन्यथा लिन नहुने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार सामाजिक सञ्जालको वातावरण यति उत्तेजक बन्दै गएको छ कि कहिलेकाहीँ मानिसको भावना विस्फोट हुनु स्वाभाविक हुन्छ। त्यसैले कुनै एउटा प्रतिक्रियालाई मात्रै आधार बनाएर व्यक्तिको समग्र मूल्याङ्कन गर्न नहुने उनको तर्क छ।
पछिल्लो समय ज्ञानेन्द्र शाहीले आफ्नो सामाजिक सञ्जाल प्रत्यक्ष प्रसारणका क्रममा केही टिप्पणीकर्ताप्रति आक्रोश व्यक्त गरेपछि त्यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ। यहीबीच ढुङ्गानाको अभिव्यक्तिले उक्त बहसमा नयाँ आयाम थपेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०८:०७
जलाभिषेक, पूजा–आराधना र व्रतका लागि बिहानैदेखि लामबद्ध श्रद्धालु
श्रावण ४ गते, २०८३ - ०७:५८
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...
श्रावण ४ गते, २०८३ - ०७:५१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...
श्रावण ४ गते, २०८३ - ०७:४६
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...
श्रावण ४ गते, २०८३ - ०७:३८
काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...
श्रावण ३ गते, २०८३ - १९:५४
काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...
श्रावण ३ गते, २०८३ - १९:२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...
श्रावण ३ गते, २०८३ - १९:१८
पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...



प्रतिकृया लेख्नुहोस्: