Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

खबरडबली संवाददाता

सप्तरी । लगातारको वर्षापछि कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ। पानीको सतह बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै चेतावनीस्वरूप रातो बत्ती र रातो झण्डा फहराइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। केही घण्टामै बहाव बढेर दिउँसो ३ बजे १ लाख ९० हजार ३९० क्युसेक पुगेको थियो भने साँझ ४ बजेसम्म २ लाख ९ हजार ८४० क्युसेक पुगेपछि थप ढोका खोलिएको हो।

पानीको बहाव खतराको तह नजिक पुगेपछि प्रशासनले कोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्न वा नदी तर्न नजान र स्थानीय प्रशासनका सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

निरन्तर वर्षाका कारण अझै पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकायले कोसी ब्यारेज र तटीय क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु

बगदाद ।  उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।   जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...

अनलाइन सट्टेबाजी गर्ने चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...

बाढी–पहिरोको कारण देशभरका राजमार्ग अवरुद्ध, दर्जनौँ जिल्लामा सवारी सञ्चालन ठप्प

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...

मनसुन कमजोर बन्दै, आज सीमित क्षेत्रमा मात्रै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...

झिमरुक खोलाले बगाउँदा एकजनाको मृत्यु

प्यूठान ।  झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...

रहस्यमय मृत्युले उठाएकाे प्रश्न : ढल्केवरका होटलमा के भइरहेको छ ?

जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...

लगातारको वर्षाले काठमाडौं जलमग्न, सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढ्यो

काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...

हेलम्बुमा बन्दै ‘हिमालयन ग्रेट ट्रेल’, ६० किलोमिटरमध्ये ७ किलोमिटर निर्माण सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...

सेती नदी थुनियो, पहिरोपछि पानीको सतह ५० मिटरमाथि पुग्दा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...

आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द, पहिरोको जोखिमपछि प्रशासनको निर्णय

चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending