Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

गस्तीका सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार

कञ्चनपुर । गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताए । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ ।

सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्राउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए, “रु १५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन् ।” उनका अनुसार सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भाग्न सफल भएका छन् । यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराईएको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending