उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको रूपमा देखिएको छ । स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका मुस्लिमको उठबस तथा आवतजावत यी अन्य आठ स्थानमा सम्बन्धित क्षेत्रका मुस्लिमसहित अन्य समुदायसँग पनि हुने गरेका कारण स्वास्थ्य कार्यालय उदयपुरले यी आठ स्थानलाई ‘डेन्जर जोन’मा राखेको हो ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा नगरपालिकाको भुल्केपछि यी आठ स्थान क्षेत्र आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले यी क्षेत्रलाई तत्काल डेन्जर जोनमा रोखेको प्रमुख चौधरीले बताए । शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोनाको सङ्क्रमण देखापरेपछि भुल्केका अन्य मुस्लिमहरुमा पनि कोरोनाको सङ्क्रमण सर्दै गएका कारण अहिले भुल्केमा १२ भारतीय नागरिकसहित १६ स्थानीय मुस्लिममा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण सम्बन्धित क्षेत्रसमेत अहिले कोरोनाको डेन्जर जोन बनेको स्वास्थ्य कार्यलयका पदाधिकारी बताउँछन् ।
यस विषयमा उदयपुरबाट प्रदेश १ का प्रदेशसभा सदस्य बिमल कार्की, नारायण बुर्जा र अम्बिका थापासँग जानकारी माग्दा आफूहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेको र प्रदेशले जिल्लाका सबै स्थानमा स्वाब नमूना सङ्कलन र परीक्षणको पहल गरिरहेको बताए ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द राई र बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले पनि जिल्लाको भुल्केबाहेक ती क्षेत्रमा तत्काल प्रदेश सरकार र सङ्घीय सरकारले सम्बन्धित क्षेत्रका स्थानीयवासीमा कोरोनासम्बन्धी स्वाब सङ्कलन र जाँच र परीक्षणका लागि चाँडोभन्दा चाँडो उचित व्यवस्था गर्न माग गरेका छन् ।
समयमै यी स्थानका बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण नगरे जिल्लामा झनै कोरोनाको सङ्क्रमण तीव्ररूपमा फैलन सक्ने र सबै जिल्लावासी प्रभावित हुनसक्ने अवस्था आएको जिल्लाका जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज तथा स्थानीय बासिन्दा बताउँछन् । भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले यी सबै स्थानमा प्रहरी परिचालन गरिएको र गाउँलेलाई अन्यत्र जान र अन्यत्रबाट सम्बन्धित गाउँमा प्रवेश गर्न रोक लगाएर प्रहरी प्रशासनले निगरानी शुरु गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केगाउँमा बुधबार चार व्यक्ति कोरोनाबाट थप सङ्क्रमित भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । अब त्रियुगा नगरपालिकाको भुल्केस्थित एउटै मुस्लिम टोलमा १२ भारतीय मुस्लिम नागरिकसहित भुल्केका १६ मुस्लिम नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: