काठमाडौं । गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा देखिएको कोरोना भाइरसले विश्वभर डेढ लाख बढि मानिसको ज्यान लिएको छ । यस भाइरसको कारण हालसम्म २३ लाखभन्दा बढि मानिस पीडित बनेका छन् । कोरोनाकै कारण दैनिक ६ हजारभन्दा बढिले ज्यान गुमाईरहेका छन् ।
यसैबीच चीनबाट सुरु भएको यस प्राणघातक भाइरसबारे एक अमेरिकी सञ्चारमाध्यमले विशेष खुलासा गरेको छ । चर्चित अमेरिकी टेलिभिजन फक्स न्यूज च्यानलले कोरोना भाइरस चीनको बुहान इस्टीट्यूट अफ वायोलोजीबाट लीक भएको दाबीसहितको खोज समाचार सार्वजनिक गरेको छ । फक्सले प्रयोगशालामा इन्टर्नमा काम गर्ने एक प्रशिक्षार्थीमार्फत भाइरस लीक भएको दाबी गरेको छ ।
न्यूज च्यानलले यसबारे विशेष रिपोर्टसमेत देखाएको छ । फक्सको रिपोर्टसँगै अमेरिकी राष्ट्रपतिले पनि यस भाइरसबारे विशेष जाँच सुरु गर्न मातहतको निकायलाई निर्देशन गरेका छन् । अमेरिकी सरकारले कोरोनाबारे यसअघि नै आफ्नो अनुसन्धान ब्यूरो सिआईएमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको थियो ।
न्यूज च्यानलको रिपोर्टमा कोरोना भाइरसबाट सबैभन्दा पहिला बुहानको ल्याबमा इन्टर्नमा काम गर्ने महिला प्रशिक्षार्थी संक्रमित भएको र उनिमार्फत उनको केटा साथी संक्रमित भएको बताइएको छ । उनै केटासाथीमार्फत बुहानको सीफुड मार्केटमा कोरोना फैलिएको बताइएको छ । सुरुवातीमा भाइरस चमेरोबाट मानिसमा आएको बताइएको छ । यस भाइरस बाहिर फैलनुको कारण स्ंवय संक्रमित नै भएको उल्लेख छ ।
प्रयोगशालालाई जोगाउन सीफुड मार्केटको नाम
प्रयोगशालाबाट निस्किएको भाइरस सी फुड मार्केट हुँदै फैलिएको थियो । कहिल्यै पनि चमेरो नबेचीने सीफुड मार्केटलाई चीनले कोरोना भाइरसको सुरुवाती केन्द्र भनि झुट प्रचार गरिरहेको न्यूज च्यानलको दाबी छ ।
रिपोर्टमा बुहान इस्टीट्यूट अफ बायोलोजी विश्वकै प्रमुख प्रयोगशाला भएको भन्दै उसको बदनाम नगराउन चीनले सीफुडको प्रचार गरिएको उल्लेख छ । बुहान प्रयोगशालालाई चीनको विशेष अध्ययन केन्द्रको रुपमा समेत हेरिन्छ ।
वाशिंगटन पोष्टले दुई वर्षअघि नै चिन्ता जनाएको थियो
अमेरिकी दैनिक पत्रिका वाशिंगटन पोष्टले बुहान वायोलोजी ल्याबको विषयमा दुई वर्ष अघि नै चिन्ता जनाउँदै एक रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा ल्याबको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै गम्भिर जोखिम आउनसक्ने बताइएको थियो । साथै ल्याबमा प्रशिक्षित टेक्निशियन नभएको बताइएको थियो । एजेन्सीबाट
सम्बन्धित समाचार
चीनलाई ट्रम्पको चेतावनी : कोरोना फैलाएको प्रमाणीत भए गम्भीर नतिजा भाेग्नुपर्छ
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: