चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्था मिलाएको छ ।
यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरी भूगोलअनुसार ग्यास बिक्रीको व्यवस्था गरिएको थियो । तर त्यसबाट पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेपछि प्रशासनले भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बसपार्कबाट सिधैँ सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको हो ।
शुक्रबार दिउँसो १ बजेदेखि बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले भरिएका सिलिन्डर सिधैँ उपभोक्तालाई बिक्री गरेका थिए । चार उद्योगले गरी करिब ३ हजार सिलिन्डर बिक्री गरेको जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ग्यास अभावसम्बन्धी स्थानीय प्रशासनको निःशुल्क नम्बरमा आएका गुनासो सम्बोधन गर्दै यसअघि नै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्याइएको थियो ।
ग्यास उद्योग तथा बिक्री केन्द्रमा अनुगमन गर्दा समेत उपभोक्ताले सहज रूपमा ग्यास नपाएको पाइएपछि उद्योगीमार्फत नै उपभोक्ताको घरसम्म ग्यास पुर्याउने व्यवस्था गरिएको उनले बताए ।
त्यसरी पनि ग्यास पाउन नसकेका उपभोक्ताका लागि बसपार्कबाटै भरिएका सिलिन्डर बिक्री गरिएको प्रशासनले जनाएको छ ।
प्रजिअ अर्यालका अनुसार यसअघि वितरण गरिएका आधा भराइका सिलिन्डर सकिएपछि एकैपटक माग बढेको हुनसक्छ । ग्यासको अभाव हुनसक्ने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्दा पनि बजारमा अभाव देखिएको उनको भनाइ छ ।
प्रशासनले ग्यासको आपूर्ति र वितरण व्यवस्थालाई सहज बनाउन उद्योग तथा बिक्री केन्द्रमा अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: