Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कोरोनाको महामारी बढ्दा पनि यी ३ देशले किन गरेनन् ‘लकडाउन’ ?

काठमाडौं । चीनको बुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरस अहिले पुरै विश्वभर नै फैलिसकेको छ । सोमबारसम्म आउँदा विश्वभर ७ लाखभन्दा बढि मानिस यस भाइरसबाट संक्रमित बनेका छन् । यसैको कारणले हालसम्म ३५ हजार बढिले ज्यान गुमाएका छन् ।

यसबीच राम्रो खबर, भाइरस संक्रमित १ लाख ५० हजार बिरामी ठिक पनि भएका छन् । कोरोना संक्रमित ५ प्रतिशत बिरामीको मात्रै अवस्था गम्भिर छ ।

कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेका १० देश

कोरोना भाइरसको चपेटामा सबैभन्दा बढि अमेरिका परेको छ । त्यहाँ कोरोना भाइरसका १ लाख ४२ हजारभन्दा बढि मानिस संक्रमित छन् । हालसम्म अमेरिकामा २,४९० मानिसले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

कोरोनाको चपेटामा अमेरिकापछि सबैभन्दा बढि इटली, चीन, स्पेन, जर्मनी, फ्रान्स, इरान, ब्रिटेन, स्वीजरल्याण्ड र नेदरल्याण्ड परेका छन् । जसमध्ये इटली र स्पेनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

मृत्युको मामिलामा सबैभन्दा इटली

मृत्युको मामिलामा सबैभन्दा अगाडि इटली देखिएको छ । यहाँ कोरोनाको कारण अहिलेसम्म १०,७७९ जनाले ज्यान गुमाएका छन् । यसपश्चात स्पेन, चीन, ईरान, फ्रान्स, अमेरिका र बेलायत छन् ।

जर्मनीमा पनि कोरोनाको कारण मृत्यु हुनेको संख्या अधिक छ । आर्थिक संकटलाई मध्यनजर राख्दै त्यहाँका एक मन्त्रीले आत्महत्या नै गरेका छन् । यस बाहेक स्पेनकी राजकुमारी टेरेसाको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

बढ्दो महामारीबीच पनि ३ देशले ‘लकडाउन’ अस्विकार गरे

पुरै विश्व कोरोनाको बढ्दो महामारी रोकथामको निमित्त बाध्यात्मक रुपमा लगाउनु परेको लकडाउनका कारण चिन्तित छ । सबै देशहरुले यसको नियन्त्रणमा प्रयास गरिरहेका छन् । आर्थिक संकटलाई नजरअन्दाज गर्दै मानिसहरुको जीवन बचाउनुलाई धेरै राष्ट्रहरुले आफ्नो कर्तव्य मानेका छन् । यही कारण विश्वका अधिकांश देशमा लकडाउनको अवस्था छ । जहाँ लकडाउन छैन् त्यहाँ पनि भविष्यमा गरिने योजना छन् ।

तर विश्वका केहि त्यस्ता छन् जसले लकडाउनलाई पुरै इन्कार गरेका छन् । अमेरिका, ब्राजील र पाकिस्तानले लकडाउनलाई अस्वीकार गरेका छन् । यी देशहरुले लकडाउन गर्दा आर्थिक स्थिति भयाभह हुने भन्दै लकडाउनलाई अस्वीकार गरिरहेका छन् । देशका प्रमुखहरुको यस्तो रवैयाले नागरिक भने निकै निराश छन् ।

१. अमेरिका

अमेरिकामा कोरोनाका सबैभन्दा बढि संक्रमित छन् । जहाँ कोरोना संक्रमणको दर अन्य मुलुकभन्दा निकै नै बढि छ । यस्तो अवस्थामा पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन गर्न इन्कार गरिरहेका छन् । उनले स्पष्ट रुपमा लकडाउन गर्दा देश आर्थिक संकटमा जान सक्ने बताईरहेका छन् ।

यति मात्र होइन उनले ‘शोशियल डिस्टेंसिंग’प्रति पनि गम्भिरता देखाएका छैनन् । बढ्दो महामारीप्रति लगातार विश्व स्वास्थ्य संगठन र वैज्ञानिकहरुको अपिललाई समेत ट्रम्पले नजरअन्दाज गरिदिएका छन् । उनले लकडाउन गर्न गरेको इन्कारप्रति अमेरिकामा पनि निकै विरोध भएको छ ।

२. ब्राजील

ब्राजीलमा पनि लकडाउन गरिएको छैन् । जहाँ लकडाउन लागु गर्ने विषयमा राष्ट्रपति जायरो बोलसोनारो र राज्यका गर्भनरबीच द्वन्द्व चलेको छ । राष्ट्रपति बोलसोनारोले कोरोनाकै कारण हुने मृत्युको विषयलाई सामान्य हो भन्दै टिप्पणी गरेका छन् । उनले आफ्नो राजनीतिप्रति पूर्वागर्ही सोंच राख्नेले लकडाउन गर्न दबाब दिईरहेको बताएका छन् । उनले केहि मानिसको मृत्यु भएपनि देश नै लडकाउन गरेर अर्थव्यवस्था ध्वस्त पार्न नसकिने बताईरहेका छन् ।

ब्राजीलमा हालसम्म कोरोनाकै कारण १३९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा ४ हजारभन्दा बढि मानिस कोरोना संक्रमित छन् ।

३. पाकिस्तान

पाकिस्तान आर्थिक रुपमा पछिल्लो समय निकै कमजोर हुँदै गएको छ । जसलाई कारण देखाउँदै इमरान खान सरकारले लकडाउनलाई पूर्णं अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई गरेको सम्बोधनमा लकडाउन गरिएको खण्डमा पाकिस्तानीहरु भोक भोकै मर्ने स्थिति आउने बताएका थिए । उनले पाकिस्तानसँग महामारीविरुद्व लड्न कुनै पनि आर्थिक कोष र संरचना नभएको बताएका थिए । यस्तोमा लकडाउन गरिए देशको अवस्था निकै खराब हुँदै सम्हाल्नै नसक्ने अवस्थामा पुग्ने खानको बुझाई छ ।

इमरान खानले ‘शोशियल डिस्टेंसिंग’को विषयमा निकै चर्चा गरेका छन् तर लकडाउनको भने विरोध गरिरहेका छन् । उनले पटक–पटक राष्ट्रको नाममा गरेको सम्बोधनमा लकडाउनले देशको उन्नती नहुने भन्दै नागरिकलाई धेर्य रहन अपिल गरेका छन् । हाल अत्याधिक संक्रमित बढ्न थालेपछि पाकिस्तानको सिन्ध र पञ्जाब राज्यलाई लकडाउन गरिएको छ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies