विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयका सवारी चालक प्रदीप भट्टराई तथा शिक्षक किशोरलाल गच्छदार र अबिरल मास्के रहेका छन्। उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार शिक्षक अबिरल मास्केमाथि सामाजिक सञ्जालको म्यासेन्जरमार्फत छात्राहरूलाई भेट्न बोलाउने, शरीरका अंग देखाउन दबाब दिने तथा पटक–पटक अश्लील प्रकृतिका सन्देश पठाएर दुर्व्यवहार गरेको आरोप छ।
प्रारम्भिक अनुसन्धानमा केही शिक्षकले छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउँदै अमर्यादित व्यवहार गरेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।
विद्यार्थीहरूले घटनाको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानबाट थप संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने डीएसपी मिश्रले बताए।
साथै, प्रहरीले घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक टिप्पणी नगर्न तथा अनुसन्धानमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: