काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो भेटवार्ता भएको छ। भेटसँगै दुई दलबीचको राजनीतिक सहकार्य औपचारिक रूपमा अघि बढेको दाबी गरिएको छ।
नेकपा स्रोतका अनुसार ललितपुरमा भएको छलफलमा प्रदेश सरकारको नयाँ सत्ता समीकरणदेखि स्थानीय तह र प्रदेशसभा निर्वाचनसम्म संयुक्त रूपमा अघि बढ्ने विषयमा सहमति जुटेको छ। पार्टी एकतासम्मका सम्भावनाबारे समेत प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रचण्ड जनकपुरबाट फर्किएपछि सहकार्यसम्बन्धी लिखित समझदारीको प्रक्रिया अघि बढाइनेछ।
एमाले सचिव महेश बस्नेतले पनि ओली र प्रचण्डबीच भेट भएको पुष्टि गर्दै दुवै दलबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताए।
यसअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पनि एमालेसँगको सहकार्य औपचारिक रूपमा अघि बढिसकेको बताएका थिए। त्यसपछि सामाजिक सञ्जालमार्फत एमाले सचिव बस्नेतले उक्त सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।
कांग्रेस–एमाले गठबन्धन टुटेपछि एमाले र नेकपा राजनीतिक रूपमा थप नजिकिएका हुन्। प्रचण्ड श्रीलंकाबाट फर्किएपछि सहकार्यको संवादले तीव्रता पाएको थियो। सोमबार उनले सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा छलफल गरेका थिए।
प्रचण्डले तीन दलबीचको पुरानो समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको सत्ता साझेदारीबारे नेपाली कांग्रेससँग पनि संवाद जारी रहेको बताएका छन्।
यसैबीच, नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पार्टीको संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिने बताए। बुधबार हुने प्रशिक्षण कार्यक्रममा प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: