Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

विमानस्थलमा तोडफोड गर्ने राजपा सांसदको सेवा सुविधा खोसियो

काठमाडौं । विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले सांसद पदको हैसियतमा पाउने सेवा, सुविधा तथा अधिकार नपाउने भएका छन् । संसद सचिवालयले बुधबार सूचना सार्वजनिक गरि साहले प्रतिनिधि सभा सदस्यको रुपमा पाउँदै गरेको अधिकार, सेवा तथा सुविधा नपाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम (२) बमोजिम संसद सचिवालयले साहको विषयमा निर्णय गरेको संसद सचिवालयका सचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले कारबाही प्रक्रियाको लागि पक्राउ गरेकोले साहमाथि संसद नियमावली अनुसार कारबाही गरिएको जनाए ।

सांसद साहले गत सोमबार जनकपुर विमास्थलमा बुद्ध एयरको जहाज जहाज डिले भएको भन्दै काउन्टर तोडफोड गरेका थिए । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरि मंगलबार नै धनुषा जिल्ला प्रहरीमा उपस्थित गराएको छ ।

राजपा सांसद साह सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।

यस्ताे छ संसद सचिवालयले सार्वजनिक गरेकाे सूचना

\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE