Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अमेरिकाको मेरिल्याण्डमा नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

अमेरिका । विगत दुई बर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा हुँदै आएको नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव यसबर्ष जुन २८ देखि जून ३० सम्म हुने भएको छ । महोत्सवको सुरुवात नेपाली चलचित्र बुलबुलको प्रदर्शनबाट हुने भएको छ ।

महोत्सवमा बुलबुलका निर्देशक बिनोद पौडेलको उपस्थिति रहने छ । साथसाथै महोत्सवमा \"गुडबाइ काठमाडौँ\" का निर्देशक नबिन सुब्बा, \"कालो पोथी\" का निर्देशक मिन बहादुर वाम तथा वासिंगटन डिसि क्षेत्रमा रहेका नेपाली कलाकारहरूको उपस्थिति रहने महोत्सवका प्रमुख पूर्ण सिंह बराइलीले बताए ।

महोत्सवको अन्त्य नेपाली चलचित्र \"कथा ७२\" बाट हुने भएको छ । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न देशका उत्कृस्ट चलचित्रहरू प्रदर्शन हुने र फिल्महरू सम्बन्धि छलफल कार्यक्रमहरू पनि गरिने आयोजकको वेबसाइटमा उल्लेख गरिएको छ ।नेपाली डायस्पोरामा रहेका व्यक्तिहरूलाई नयाँ चलचित्र बनाउने कुनै अभिप्राय भए छलफल गर्न \"नयाँ फिल्म फोरम\" पनि आयोजना गरिने भएको छ ।

महोत्सवको आयोजनालाई मेरिल्याण्ड फिल्म अफिस, प्रिन्स गर्ज काउन्टी पार्क एंड रिक्रिएसन अफिस तथा अन्य नेपाली व्यवसाय तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्ने भएका छन् ।महोत्सवमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई सम्मान गरिने छ ।

उत्कृष्ट चलचित्र छान्ने निर्णायक मण्डलीमा मिन बहादुर वामको अधक्षता रहने छ भने चर्चित महिला चलचित्रकर्मी रेबेका बुस्टामाण्टे र मिमी माकाडो-लुसीको पनि सहभागिता रहने छ । नेपाली चलचित्र, कला, संस्कृती र कलाकारहरूलाई विश्वसंग जोड्न उक्त चलचित्र महोत्सवको सुरुवात गरिएको नेपाली आयोजक नेपाली अमेरिका चलचित्र समाजले बताएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending