Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

काङ्ग्रेस कार्यकर्ता भन्छन्: 'परिक्रमीका होइन परिश्रमीका कुरा सुन’

काठमाडौं । नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हुँदैृछ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी (गणेश प्रवृत्ति) भन्दा परिश्रमी (कुमार प्रवृत्ति) लाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।

अभियानका क्रममा भोजपुरमा खटिनुभएका नेता रामहरि खतिवडाले गाउँमा काङ्ग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताए ।

केन्द्रका नेतालाई मिल्न आग्रह

कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उनले भने, “स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गरे ।”

काङ्ग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।

सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन हुँदैछ । दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बाँकेमा खटिनुभएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताए । “सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई काङ्ग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।”

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ

काङ्ग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको उनले जानकारी दिए । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने काङ्ग्रेसजनको सुझाव छ ।

लमजुङमा खटिएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्र्रिया भएको बताउँदै उनले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गरिन् ।

नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था र पार्टीका विभाग तन्दुरुस्त बनाउन सुझाव दिएका छन् ।

अभियानका क्रममा जुम्लामा एक महीनासम्म रहनुभएकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाए । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उनले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिए ।

रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ

रसुवामा खटिनुभएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताए ।

काङ्ग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उनले बताए ।

रसुवामा काङ्ग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको र समायोजन प्रक्रिया जारी रहेकाले प्रथम चरणको अभियानसमेत लम्बिएर जेठ ३२ गतेसम्म पुग्ने नेता परियारले बताए । रसुवामा सडकलगायत भौतिक निर्माणमा केन्द्र सरकारले खासै ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending