Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

खबरडबली संवाददाता

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडालिटी बनाउनेतर्फ प्रवेश गरेका छन् । बिहीबार साढे दुई घण्टा वार्तामा बसेका उनीहरूले नयाँ दल र शक्तिबिच समायोजन, चुनावमा सिट बाँडफाँटदेखि सत्ता सहकार्यसम्मको मोडालिटी बनाउन दुवैतर्फका दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका छन् ।

बालेनका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा दुई नेता एक्ला–एक्लै वार्तामा बसेका थिए । रास्वपाका एक नेताका अनुसार मोडालिटी बनाउन रास्वपाका तर्फबाट नेता शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । 

‘सहकार्य गरेर जाने विषयमा दुई नेताबिच अझ सघन सहमति भएको छ । त्यसका लागि मोडालिटी बनाएर अरू पक्षलाई पनि मिलाउनुपर्नेछ । मोडालिटी बनाउन रास्वपाबाट शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीसम्मको खाका बनाएर पेस गरेपछि रवि–बालेन फेरि निर्णायक वार्तामा बस्नेछन्,’ ती नेताले भने, ‘आजको वार्तामा भने पावर सेयरिङमा कुनै ठोस कुरा भएन । अब दोस्रो तहबाट खाका आएपछि मात्रै त्यसमा निर्णय हुन्छ । मिलेरै अगाडि बढ्नेमा द्विविधा छैन ।’

ती नेताका अनुसार मोडालिटीका लागि दुवै पक्षले आ–आफ्नो पार्टी र समूहमा छलफल गर्नुपर्नेछ । बालेन पक्षले कुलमान घिसिङको उज्यालो नेपाल र देश विकास पार्टी तथा विभिन्न जेन–जी समूहसँग छलफल गर्नेछ । त्यसपछि दुवै पक्ष बसेर मोलालिटी तयार गरी शीर्ष तहमा बुझाउनेछन् । सहकार्यको खाका आएपछि रवि–बालेन वार्तामा बसेर अन्तिम निर्णय गर्ने उनले बताए ।

रास्वपा नेता खनालले दुई शीर्ष नेताको निर्देशनअनुसार सहकार्यको मोडालिटी बनाउन जिम्मेवारी आएको र पार्टीमा छलफल थालिसकेको बताए । ‘दुई नेताको भेट सकारात्मक भयो । सहकार्यको मोडल टुंग्याउन हामीले पार्टीमा छलफल सुरु गरिसक्यौँ । दोस्रो तहका साथीहरू बसेर एउटा खाका तयार पार्छौँ । उहाँहरू (बालेन पक्ष)ले पनि गर्नुहुन्छ होला । दुवै पक्षबाट समेटेर विभिन्न विकल्पसहितको संयुक्त खाका शीर्ष तहमा बुझाउँछौँ,’ उनले भने ।

रवि र बालेनलाई वार्ता गराउन समन्वयकारी भूमिका खेलेका रास्वपा नेता एवं विघटित प्रतिनिधिसभा सांसद असिम शाहले अब फेरि तयारी गरेर दुई नेताबिच छलफल हुने बताए । 

‘छलफल राजनीतिक चरणमा प्रवेश गरेको छ । कतिपय चिजहरूमा समय लाग्छ, सबैसँग सल्लाह गर्नुपर्‍यो । मिल्ने कुराहरूमा मिल्ने, बाँकी मिलाउँदै जाने हो,’ उनले भने, ‘रास्वपाको चुनाव चिह्नमा समाहित हुने कुराहरूमा छलफल भएको छ, तर केही पनि टुंगिएको छैन । ठोस निष्कर्षको प्रस्ताव बनाएर फेरि छलफलमा बस्छौँ ।’ शुक्रबारै पनि रवि–बालेन वार्तामा बस्ने सक्ने उनले बताए ।

बालेननिकट एक सदस्यले रविसँग अब अन्तिम चरणको छलफल हुने बताए । ‘भोलि (शुक्रबार) महानगरको नगरसभा छ । त्यो सकाएर भोलि नै बस्न सक्नुहुन्छ वा पर्सि हुन सक्छ । त्यसवेलासम्म सहकार्यको खाका पनि आइसक्छ,’ उनले भने ।

बालेनसँगको भेटमा लामिछानेले देशलाई सही दिशा दिन मिल्नुको विकल्प नरहेको भन्दै जसरी पनि मिल्नुपर्ने प्रस्ताव राखेको उनीनिकट स्रोतले बतायो । ‘हामी मिल्नुको अर्काे उपाय नै छैन । के गरेर जाने हो जाऊँ । देशलाई ड्राइभ गर्ने कुरा हो । एउटा समयको कुरा होइन, युगको कुरा हो । यत्रा जनताको कुरा छ । त्यसकारण मिलौँ,’ लामिछानेलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

बालेनसँग वार्ता गरेर निस्किने क्रममा लामिछानेले परिणाम सकारात्मक रहेको जानकारी गराएका थिए । उनले आफ्नो हाउभाउबाट पनि सन्देश बुझ्न पत्रकारहरूलाई भनेका थिए । चुनाव चिह्न घन्टी कि लौरो भन्ने प्रश्नमा लामिछानेले केही समय प्रतीक्षा गर्नुपर्ने बताए ।

यसअघि गत सोमबार (७ पुस) रवि र बालेनबिच ६ घण्टा छलफल चलेको थियो । त्यसै दिन बिहान पनि पनि उनीहरूबिच भेटवार्ता भएको थियो । उक्त बसाइमा राजनीतिक सहकार्यको मनस्थिति बनाएर उठेका दुई नेताले त्यसलाई सार्थक रूप दिन बिहीबार वार्ता गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: