Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा चालक तिनपाटन गाउँपालिका–५ निवासी २७ वर्षीय पुष्प तामाङसहित सोही स्थानकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सबै घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

चालक पुष्प तामाङको हात र खुट्टामा चोट लागेको छ। साबित्रा थापाको ढाड तथा दुवै खुट्टामा चोट लागेको छ भने सविता बुर्जाको बायाँ खुट्टा चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। त्यस्तै, पुनम पुलामीको निधार र बायाँ पाखुरामा, अर्जुन तामाङको निधारमा चोट लागेको छ। निरज तामाङको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ।

घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending