Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

यस कारण इक्वेडरबाट निकालिए असान्ज

एजेन्सी । जुलियन असान्जलाई लण्डनमा रहेको आफ्नो दुतावासबाट निकालेपछि इक्वेडर अधिकारीले असान्जलाई निकाल्नुका कारणको सूचि दिन थाले । इक्वेडरका विदेश मन्त्री र गृहमन्त्रीले अलग रुपमा असान्जलाई कमजोर दुतावास भवनको ‘प्यासेज’मा स्कुटर चलाएकोदेखि उसका स्टाफलाई अपमान गरेको र अझ दूतावासका पर्खालमा फोहोर(दिशा) दलेकोसम्म आरोप लगाए । यीनै कारणले आफूहरु असान्जलाई निकाल्न बाध्य भएको उनीहरुले बताए ।

हुनत यी दुई मन्त्रीको आरोपबाट लण्डनको तिनको भवनमा लामो समयदेखिका पाहुना रहेका असान्जसँग वाक्क भइसकेको भाव झल्किन्छ । तर घटनाक्रम हेर्ने हो निष्कासनको असली कारण उल्लेखित कारण नै चाँही थिएनन् ।

उनलाई दिइएको शरण खोसिनु पछाडिको कारण खोज्ने हो भने अन्तिम दिन तिरका घटनाक्रमहरुमा ख्याल गर्नुपर्ने हुन्छ । ती घटनालाई ख्याल गर्दा असान्जको बलजफ्ती बहिरगमन पछाडि जटिल कारण देखिन्छ । हुनत विकिलिक्सका गतिविधिले केही अघि देखिनै इक्वेडर प्रशासन अफ्ठ्यारोमा परिरहेको थियो ।

असान्ज आफैले पनि इक्वेडर सरकारले शरण दिएको घरभित्र नियमहरु कडा गरिँदै लगेको भन्दै कानुनी कदम चाल्न खोजिरहेका थिए । क्वीटो (इक्वेडरको राजधानी)स्थित सरकार असान्जले स्पेनको एक भूभाग क्याटोलोनियामा चलिरहेको स्वतन्त्रता आन्दोलनको समर्थन गरेबाट चिडिइएको थियो ।

त्यस सन्दर्भमा देशका विदेश मन्त्रालयले असान्जलाई स्पेनसमेत अन्य देशहरुसँगको इक्वेडरको सम्बन्धमा अफ्ठ्यारो नपार्न आह्वाननै गरेको थियो । तर पछिल्लो समय विकिलिक्सले इक्वेडरको राष्ट्रपतिमाथि व्यक्तिगत मुद्धामा प्रहार गर्न थालेको थियो ।

मार्च २५ मा विकिलिक्सले एक ट्वीट गर्यो जसमा इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामना गरिरहेको एक भ्रष्टचार मुद्दामा प्रकाश पारिएको छ । ट्वीटमा एक बेनामे रुपमा दर्ता भएको वेबसाइटको लिंक दिइएको थियो जसमा मोरेनोको व्यक्तिगत जीवनसँग जोडिएका लिक भएको इमेल, म्यासेज र कागजातहरुको ठूलो मात्र संग्रहित थिए ।

‘आईएनए पेपर्स’ नाम दिएर लिक भएका दस्तावेजको लागि क्वीटोले विकिलिक्सलाई दोष लगायो जुन आरोपलाई विकिलिक्सले खण्डन गर्दै आएको छ । विकिलिक्स र उसका समर्थकहरुको इक्वेडर सरकारले ‘आईएनपी पेपर्स’को लिकलाई असान्जको शरण रद्ध गर्ने वाहनाको रुपमा लिएको आरोप लगाएका छन् ।

‘आइएनपी पेपर्स’ काण्डमा मोरेनोले आफूले कुनै गल्ति नगरेको दावी गरेका छन् । तर इक्वेडरको महान्यायाधिवक्ता कार्यालयले आरोपमाथि अनुसन्धान सुरु गरिसकेको छ । अघिल्लो शुक्रबार इक्वेडरको रेडियो ब्रोडकास्टर एसोसियनसँगको वार्तालापमा मोरेनोले असान्जले ‘एकाउन्ट र व्यक्तिगत फोनहरु ह्याक गर्ने’ गरेको तर शरण अघि गरिएको सहमतिमा त्यस्तो गर्न नपाइने उल्लेख भएको बताए ।

असान्ज र इक्वेडरको सम्बन्ध बुधबार थप बिग्रियो जब विकिलिक्सले लण्डनमा एक पत्रकार सम्मेलन बोलाएर, दूतावास अधिकारीहरुले असान्जविरुद्ध जासुसी गर्नको लागि एक जासुसी विभाजन गठन गरेको दावी गर्यो ।

लण्डनमा सञ्चारकर्मीहरुसँग बोल्दै विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्याफसनले इक्वेडरले असान्जको गोप्य अडियो र भिडियो बनाएको आरोप लगाए । पत्रकारहरुसाग क्रिस्टिनले दूतावासले असान्जको व्यक्तिगत अन्तक्रियादेखि चिकित्सक परिक्षण र कानुनी प्रतिनिधिहरुसँग हुने वैठक पनि रेकर्ड गर्ने गरेको बताए ।

पत्रकार सम्मेलन भएको २४ घण्टाभित्र अष्ट्रेलियामा जन्मेका असान्जलाई दिइएको इक्वेडर नागरिकता फिर्ता गरियो, उनको शरण रद्ध भयो र दुतावास अधिकारीहरुले लण्डन प्रहरीलाई दूतावासभित्र नै बोलाएर असान्जलाई बलजफ्ती निकाले ।

विकिलिक्स विरुद्धका कदमहरु लण्डनमा मात्र चालिएको थिएन । इक्वेडरका गृहमन्त्रीले विहिबार जापान उड्न लागेका असान्जका एक ‘नजिकका सहकर्मी’ लाई क्वीटोको विमानस्थलमा पक्राउ गरिएको जानकारी दिए ।

मन्त्रीले पक्राउ परेका व्यक्तिको नाम ओला विनि भएको बताउदैं उनी एक स्वीडिस सफ्टवेयर निर्माता भएको र उनले लण्डनस्थित इक्वेडर दुतावासमा धेरै पटक आउजाउ गरेको जानकारी दिए । यसबारे जानकारी दिन इक्वेडरकी गृहमन्त्री मरिया पाउला रोमोले पत्रकार सम्मेलन बोलाएकी थिइन् । विहिबार भएको पत्रकार सम्मेलनमा उनले असान्जले मारेनो सरकालाई अस्थिर पार्न खोजेको आरोप लगाइन् ।

मरियाले विनिले वर्तमान सरकारलाई कमजोर बनाउन पूर्व–मन्त्री रिकार्डो पाटिनोसँग नजिक भएर काम गरिरहेको आरोप लगाइन् । रिकार्डो पूर्व राष्ट्रपति राफायल कारियाको सरकारमा विदेश मन्त्री थिए । उनैको प्रयासमा असान्जलाई लण्डनको दुतावासमा शरण दिइएको थियो ।

पूर्व राष्ट्रपति राफायले पनि असान्जको पक्राउबारे प्रतिक्रिया दिएका छन् । उनले आफूपछि राष्ट्रपति मोरेनोले असान्जको शरणको हैसियत खोसेकोमा बोल्दै भने ,“यो ल्याटिन अमेरिकी इतिहासको सम्भवत सबैभन्दा ठूलो धोका हो ।” सीएनएनबाट ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies