मानिसलाइ रिस वा क्रोधले हाम्रो निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ । यसले कार्यक्षमता प्रभावित हुन्छ र यसले करियरमा पनि नकारात्मक असर पर्छ । शोधकर्ताहरुका अनुसार क्रोधको कारण मुटुमा गम्भिर असर पर्छ र यसले मानिसको अचानक मृत्यु पनि हुन सक्छ । त्यसैले हामीले आफ्नो रिस र क्रोधलाई काबुमा राखेर संयमित बन्नुपर्छ ।
अध्ययनको परिणाम
क्रोधले मुटुको चालमा छिटो परिवर्तन ल्याउँछ र अचानक हृदयघातको कारण पनि बन्न सक्छ भन्ने तथ्य उक्त अध्ययनबाट पत्ता लाग्यो । यो जानकारी अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित रिपोर्टमा छ । अध्ययन टिमका प्रमुख येल युनिभर्सिटीका राशेल लेम्पर्टले यस सन्दर्भमा भनेका छन्, ‘यो धेरै महत्वपूर्ण शोध हो किनभने बल्ल हामीले रीस वा अन्य मानसिक तनावले मुटुको कार्यप्रणालीमा अचानक घातक परिवर्तन ल्याउँछ भन्ने बुझ्न थालेका छौं ।’
अध्ययनको लागि शोधकर्ताहरुले ६२ यस्ता बिरामीको अध्ययन गरेका थिए जसलाई कोरोनरी आर्टरी रोग थियो वा ती मानिसहरुलाई मानसिक तनावको स्थितीमा परिक्षण गरिएको थियो । राशेल लेम्पर्टले यो विषयमा अझै अध्ययन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । यसैगरी उक्त अध्ययनले मुटुका बिरामीहरुलाई रिस नियन्त्रण गर्ने प्रशिक्षण दिएमा अचानक हुने हृदयघातलाई रोक्न वा कम गर्न सकिने पनि देखाएको छ ।
वंशाणुगत क्रोध
अत्यधिक रिसको दुई मुख्य कारण वंशाणुगत वा शारीरिक संचरना हुन सक्छ । धेरै बच्चाहरु जन्मेदेखि नै रिसाहा हुन्छन् ।
मानिसको पारिवारिक पृष्ठभूमीले पनि रिसाहा बनाउन महत्वपूर्ण भूमिका निभाउने अध्ययनबाट पत्ता लाग्यो । कसैको परिवारका सदस्य विकृत मानसिकता, परिस्थितीलाई उल्झाउने र भावनात्मक संवादमा कमजोर भए भने उनीहरु धेरै छिटो क्रोधित हुन्छन् । तर, मानिस रिसाउनुका अन्य विभिन्न कारण पनि हुन सक्छन् ।
रिस कसरी नियन्त्रण गर्ने
सामान्य रुपमा स्वस्थ खानपान, योगा र राम्रा मानिसहरुसँगको संगतले पनि रिसाउने समस्यालाई कम गर्न सकिन्छ । तर, छिटो रिसाउने समस्याको समाधानका लागि केही फिजियोलोजिकल परिक्षणहरु पनि गरिन्छ ।यी शारीरिक परिक्षणले रिसको तिव्रता मापन गर्न सकिन्छ । यस प्रकारको परिक्षणबाट व्यक्ति रिसप्रति कति संवेदनशील छ र उनीहरुले यसलाई कसरी काबुमा राख्न सक्छन् भन्ने थाहा हुन्छ ।
यदि रिस अनियन्त्रित भयो भने यस्तो अवस्थामा मनोवैज्ञानिकको मद्धत लिन आवश्यक छ । मनोवैज्ञानिकहरुले तपाईंलाई रिस काबुमा राख्ने तरिकाहरु सिकाउँछन् । सामान्य रुपमा मनोवैज्ञानिकले रिसको स्थिती र सीमालाई पत्ता लगाएर तपाईंलाई सहायता गर्छन् ।
एजेन्सी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: