Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

ललितपुर- चक्रपथ सफाई अभियान चौथो चरणमै उचाई लिँदै

ललितपुर। नयाँबाटो चोकदेखी बागडोल आकाशे पुल खण्ड क्षेत्रको चक्रपथ सफाई गरि यो शनिबार ललितपुर-चक्रपथ सरसफाई तथा सुन्दरता अभियानू को चौथो श्रीङ्खला ब्यापक जन सहभागितासाथ सम्पन्न गरिएको छ । सरसफाई क्षेत्रका क्रियाशिल संघसंस्थामा लामो समयसम्म सम्लग्न रहेका प्राविधिक समुहद्वारा संयोजित यो अभियान चक्रपथको महत्वपूर्ण ललितपुर खण्डमा सफाई अभियानको चौथो चरणसम्म आईपुग्दा समाजका बिभिन्न क्षेत्रका ब्यक्ति ब्यक्तित्वहरुको सहभागिता पनि ह्वात्तै बढेको छ।अभियानलाई पहिलाझै ललितपुर –३ का प्रतिनिधिसभा सदस्य सांसद पम्फा भुषालको साथ रहेको थियो। अभियानमा ललितपुर महानगरपालिका वार्ड नं २ र ४ का वडाध्यक्षहरु, महिला समूह, स्थानिय टोल सुधार समिति, नेपाली सेनाको राजदल गण, नेपाल प्रहरी, नेपाल रेडक्रसको जावलाखेल उप-शाखा लगायत बिध्यार्थी, स्थानिय बासिन्दा, समाजसेवी तथा अगुवाहरुको ब्यापक सहभागिता रहेको थियो। सफाई अभियानको यो श्रींखलाको शुरुबात गर्नु अघि संक्षिप्त बिचार राख्दै सांसद भुषालले अभियान बालकुमारी पुल पुर्याएर मात्रै टुंग्याईने हुनाले अभियान भरखर शुरुवाती चरणमै रहेको र निरन्तर अघि बढिरहन सबै तयार रहन आह्वान गरे । जति हप्ता लागेपनि सफाई गरेरै छाड्ने तर सफा गरिसकेको क्षेत्रमा अब महानगरपालिकाले बाटोको दायाँ बायाँ फोहोर फाल्ने डस्टबिन राख्ने काम गर्नुपर्ने र त्यति गर्दागर्दै पनि कसैले फोहोर गरेमा प्रशासन, टोल सुधार समिति र महानगरपालिका सबै मिलेर कडा भन्दा कडा कार्बाही गर्न सक्नुपर्ने कुरा बताउनु भएको थियो। सडकका वारिपारी ब्यवसाय खोलेर संचालन गर्ने स्थानिय ब्यवसायीको अनुशासन र साथ बिना मूल सडक फोहोर रहिरहने वहाँको भनाई थियो। \'फोहोर उठाउने कम्पनीहरु अहिले फोहोर उठाउन आफै आफ्नो ठाउँमा आउँछन्।\' उनले भने, \'ब्यवसायीहरु अलिकति खर्च गरेर आफ्नो ब्यवसायस्थल अगाडि सफा राख्न अब अग्रसर हुनुपर्छ।\' बाटोको दुबै पट्टि दुई समूह बनाएर सफाई अभियान अगाडि बढाईएको यो अभियानमा पछि स्थानिय महिला तथा बिध्यार्थी स्वस्फुर्त सहभागी हुन आउँदा अभियान अरु जमेको देखिन्थ्यो। यो हप्ता अघिल्लो हप्ताभन्दा निकै बढी ११ टन फोहोर संकलन गरि उठाईेको कुरा अभियानका कान्छा अभियन्ता एकराज आचार्यले बताएका छन्। अभियन्ता आचार्यका अनुसार अभियानले अर्को हप्ता क्रमशस् बागडोलको आकाशे पुलबाट भैसेपाटी जाने दोबाटोसम्म सफाई गर्नेछ। अभियानका अर्का स्थानिय अगुवा सुदीप अधिकारीले सुर्तीजन्य पदार्थ, गुट्खाले मानब जीवनमा पार्ने असरको बारेमा स्वयं सफाईमा सहभागी र स्थानियलाई जानकारी दिएका थिए। सफाई अभियानमा लाग्दा जम्मा फोहरको आधा हिस्सा गुट्खाको खोल भेटिएको बताउँदै यो तथ्य डरलाग्दो रहेको उनको भनाई थियो। उनका अनुसार नेपाली युवाको गुड्खा र चुरोट खाने बानीले स्वयं उसलाई क्यान्सरजस्तो रोग लागी म्रित्युको मुखमा पुर्याउँदैछ भने परिवारलाई पनि उत्तिकै दुस्ख र आर्थिक क्षति पुर्याउँदैछ। उनको जोड थियो,\'यसबाट बच्नैपर्छ।\' सफाईको यो श्रींङ्खलाको समापन गर्दै अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले अर्को हप्ता शनिबार ७ बजे शुरु गर्ने भनेपछि ६स्३० मै भेला भैदिनुहुन सबैलाई आह्वान गगरेका थिए । हामी नेपालीले समयलाई एकदमै महत्व दिन सिक्नु पर्ने कुराप्रति उनको जोड थियो।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending