Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

नेपालको कृषि क्षेत्र बदलिँदै: परम्परागत बाली घट्दै, बजारमुखी बाली बढ्दै

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपालमा खाद्यान्न बाली हुने जमिन घटिरहेको तथ्यांकले चिन्ताजनक तस्वीर प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ रिपोर्टअनुसार, मुलुकको खाद्य सुरक्षाको आधार मानिने मुख्य बालीको क्षेत्रफलमा गत आव २०८१/०८२ मा ठुलो गिरावट आएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कृषि बालीले ढाकेको कुल क्षेत्रफल २.२ प्रतिशतले घटेर ४७ लाख ४२ हजार ४ सय ९७ हेक्टरमा झरेको छ। यो गिरावटले उत्पादनशील जमिन क्रमशः बाँझो हुँदै गएको देखाउँछ।

विशेषगरी, नेपालीको मुख्य आहार धानको क्षेत्रफल मात्र १.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १४ लाख ३६ हजार हेक्टरमा लगाइएको धान यस वर्ष १४ लाख १९ हजार हेक्टरमा सीमित भएको छ। मकै र गहुँजस्ता पहाडी र तराईका मुख्य बालीमा पनि समान ३.६ प्रतिशतको गिरावट देखिएको छ।

रैथाने बाली कोदो र फापरको स्थिति अझै दयनीय छ। कोदोको जमिन ८ प्रतिशत र फापर १३.८ प्रतिशतले घटेको छ। युवा किसान दिपेश नेपालका अनुसार, “रैथाने बालीहरूको गिरावटले पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रको मौलिकतालाई जोखिममा पारिरहेको छ। घरैपिच्छे युवाहरू विदेश गएका छन्, खेतबारी जंगलमा परिणत हुँदै गएको छ।”

नगदे बालीले दिएको आशा

यद्यपि नगदेबालीले केही आशा जगाएको छ। आलु र उखुमा क्रमशः ०.१ र २.५ प्रतिशतको वृद्धि देखिएको छ। तेलहन र दलहनमा गिरावट भए पनि भटमासमा २४.१ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ।

फलफूल खेतीमा भने कुल ८.३ प्रतिशतको गिरावट आएको छ। तराईका मुख्य फल आँपको जमिन २३.७ प्रतिशत घटेर ५१ हजार ७ सय ३६ हेक्टरमा झरेको छ। केरा खेतीमा पनि ५.९ प्रतिशत कमी देखिएको छ। पहाडी भेगमा भने सुन्तला र स्याउमा क्रमशः ३.८ र ६.६ प्रतिशत वृद्धि भएको छ।

तरकारी र बागवानी क्षेत्र भने आशाजनक देखिएको छ। कुल क्षेत्रफल ५.७ प्रतिशतले बढेको छ। तरकारी ५.४ प्रतिशतले विस्तार भई ३ लाख २७ हजार ८ सय ४७ हेक्टर पुगेको छ भने बागवानी १५ प्रतिशतले वृद्धि भएको छ।

उच्च मूल्यका नगदे बाली र पेय पदार्थमा पनि प्रगति देखिएको छ। विशेषगरी, कफी खेती ३७.६ प्रतिशतले बढेको छ। चिया, अदुवा–बेसार र मसला बालीमा ३.२ प्रतिशत वृद्धि भएको छ। मौरीपालन क्षेत्रमा ५.४ प्रतिशत सुधारले मह उत्पादन र जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रको गिरावटको मुख्य कारण

राष्ट्र बैंकका तथ्यांकले देखाएको छ कि मुलुकको आधारभूत खाद्यान्न बाली घट्दै गएको छ भने किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।

कृषि अभियान्ता सुदर्शन श्रेष्ठका अनुसार, गिरावटको मुख्य तीन कारण सहरीकरण र घरजग्गा प्लटिङ पहिलाे रहेकाे छ । जसका कारण सहर नजिकका उर्वर धान खेतहरू कंक्रीटका जंगलमा परिणत हुँदैछन् ।

यसकाे दाेस्राे कारण वैदेशिक रोजगारी रहेकाे छ । जसले गर्दा ग्रामीण भेगका युवाहरू विदेश गएका कारण खेतपाती गर्ने जनशक्ति अभावमा परेका छन्।

कम प्रतिफल र बजारको अनिश्चितता: परम्परागत खाद्यान्न बालीमा लगानी तुलनात्मक रूपमा बढी र बजार अस्थिर भएकोले किसान व्यावसायिक बालीतर्फ आकर्षित भएका छन्।

नेपालको कृषि क्षेत्र अहिले दुई दिशामा विभाजित छ – एकातिर खाद्यान्न बाली घट्दै खाद्य सुरक्षा चुनौतीमा परेको छ, भने अर्कोतिर तरकारी, कफी, फलफूल र बागवानीमा वृद्धि भएर व्यावसायिक कृषिमा नयाँ अवसर देखिएको छ। सरकार, कृषि विज्ञ र किसानको साझा पहलले मात्रै यो असन्तुलन सुधार्न सक्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम समानुपातिक बन्दसूची: कांग्रेस अगाडि, एमाले–नेकपा पकड क्षेत्रमै सीमित, रास्वपामा नयाँ समीकरण

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...

डेल्सी रोड्रिगेज: भेनेजुएलाकी अन्तरिम राष्ट्रपति, मदुरो प्रशासनकी ‘आइरन लेडी’ र कम्युनिस्ट छापामारकी छोरी

काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...

रंगेलीको संसारी माई मन्दिरमा चोरी: मूर्ति, गरगहना र दान पेटिकाको नगद गायब

विराटनगर। मोरङको रंगेली नगरपालिका–स्थित प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। मन्दिरबाट देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दान पेटिकामा रहेको ...

नवलपरासीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको ग...

भेनेजुएला प्रकरणमा अमेरिकामाथि झलनाथको कडा प्रहारः यो प्रभुत्ववादी दादागिरी र राज्य आतंकवाद हो’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिंस्रक सैन्य आक्रमण गरेको भन्दै तीव्र निन्दा गरेका छन्। ...

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । पवित्र धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो। हिमपात भएस...

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते

रोल्पा। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घ...

अख्तियार प्रमुखसहित हाई प्रोफाइललाई धम्की दिने नेपाली नागरिक फिलिपिन्समा पक्राउ

काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उ...

झापा–५: केपी ओलीको उम्मेदवारी चुनौतीपूर्ण कि सुरक्षित ?

काठमाडौं । नेपाली राजनीतिको केन्द्रबिन्दु झापा–५ आगामी निर्वाचनको तयारीसँगै चर्चा र विश्लेषणको प्रमुख विषय बनेको छ। नेकपा ९एमाले० का अध्यक्ष तथा पूर...

ड्युटीमा रहेका प्रहरीलाई घिसारेर भाग्ने कार चालक पक्राउ

मकवानपुर । मादक पदार्थ सेवन (मापसे) जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। मादक पद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending