सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव टाउकोबिनाको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
प्रहरीका अनुसार महतोको शव घरदेखि करिब पाँच सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र फेला परेको हो। स्थानीयवासीले आज बिहान करिब पाँच बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएको बताए।
दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन ‘स्विच अफ’ देखिएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए। खोजतलासकै क्रममा जंगलभित्र उनको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको डीएसपी राईले बताए।
हालसम्म महतोको टाउको भने फेला नपरेको र त्यसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा शवको मुचुल्का उठाउने कार्य भइरहेको छ।
घटनाको प्रकृति गम्भीर रहेकाले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। साँझ धनुषाको लालगढबाट तालिम प्राप्त खोजी कुकुर झिकाएर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८२ - १४:१३
नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...
पौष २१ गते, २०८२ - १४:०२
पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...
पौष २१ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...
पौष २१ गते, २०८२ - १३:५६
काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...
पौष २१ गते, २०८२ - १३:४८
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ...
पौष २१ गते, २०८२ - १३:४७
राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै ग...
पौष २१ गते, २०८२ - ११:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन...
पौष २१ गते, २०८२ - ११:११
काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज ...
पौष २० गते, २०८२ - ११:०६
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...
पौष २० गते, २०८२ - १०:३९
काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...




प्रतिकृया लेख्नुहोस्: