Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

खबरडबली संवाददाता

 

सिरहा । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा आज मोटरसाइकल र स्कार्पियो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्रदेश ०१–०७२ ब ००८२ नम्बरको स्कार्पियो आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नदिम अन्सारी गम्भीर घाइते भएका थिए र उनलाई सदरमुकाम सिरहास्थित सहजा अस्पतालमा उपचारका लागि लगिएको थियो। केही समयपछि अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए।

मोटरसाइकलमा सवार २२ वर्षीय सैतुल्ला मियाँको उपचार भइरहेको छ। प्रहरीका अनुसार, दुर्घटनापछि स्कार्पियो सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...

वीरगञ्जमा कर्फ्यू, भेला र प्रदर्शनमा रोक

पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...

युवा सशक्तिकरण र न्यायका लागि काम गरेका राहुल केसी अब चुनावी मैदानमा

काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...

राैतबटबाट स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।  ...

पपुलारिटीको भोकभित्र हराएको नेपाली राजनीति

राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै ग...

रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ताको लहर, अरनिको पाँडे पनि बाहिरिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन...

दुई वर्षपछि रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सुनुवाइ, आजै होला त फैसला ?

काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज ...

सुदूरपश्चिम समानुपातिक बन्दसूची: कांग्रेस अगाडि, एमाले–नेकपा पकड क्षेत्रमै सीमित, रास्वपामा नयाँ समीकरण

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...

डेल्सी रोड्रिगेज: भेनेजुएलाकी अन्तरिम राष्ट्रपति, मदुरो प्रशासनकी ‘आइरन लेडी’ र कम्युनिस्ट छापामारकी छोरी

काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending