काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउन राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने बताएका छन्।
निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले जनतासँग राज्यको सम्बन्ध मजबुत बनाउन सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
राज्य र जनताबीचको सम्बन्धलाई जीवन्त बनाउने महत्वपूर्ण भूमिका निजामती कर्मचारीको रहेको उल्लेख गर्दै उनले नागरिक हक सुनिश्चित गर्नु नै राज्य बलियो बनाउने आधार भएको बताए।
“राज्यलाई बलियो बनाउन नागरिकका अधिकार सुनिश्चित गर्नुपर्छ। राज्य र जनतालाई जोड्ने काम गर्नुपर्छ। त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्छौं,” महासचिव पोखरेलले भने।
उनले आगामी निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए। वर्तमान अवस्थामा राज्य कमजोर देखिएको उल्लेख गर्दै उनले स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले राज्यलाई बलियो बनाउने नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए।
“अहिले राज्य कमजोर अवस्थामा छ। यस्तो बेला राज्यलाई बलियो बनाउने जिम्मेवारी निजामती प्रशासनको हो,” उनले भने, “मुलुकको वर्तमान र भविष्यप्रति जिम्मेवार र जागरुक तप्काका रूपमा निजामती कर्मचारी उभिनुपर्छ।”
महासचिव पोखरेलले नवयुवामा राज्य र राजनीतिक दलप्रति असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै गत भदौ २३ र २४ का घटनालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे। उनले नवयुवाले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने जस्ता मुद्दाहरूको समाधान राजनीतिक नेतृत्वले गर्नुपर्ने बताए।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य हस्तक्षेपबाट मुलुकलाई जोगाउन भूमिका खेल्नुपर्ने धारणा राखे।
त्यसैगरी सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको अवस्थामा निजामती कर्मचारी अझै चनाखो भएर जनहितमा केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: