Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

राष्ट्रिय परीक्षा बोर्डमा बेथितीः गोप्यता भंग हुने आशंका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ। परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु परेपछि समस्या आउने गरेको छ । स्थायी भए पो कारबाही गर्ने रु करार कर्मचारीलाई के गर्ने, उनीहरु नभए कामै गर्न सकिदैन–बोर्डका एक अधिकारीले नेपाल समाचारपत्रसंग भने । गतवर्ष एसइई परीक्षाफल प्रकाशित गर्दा त्रुटी नै त्रुटी भएपछि बोर्डको चर्को आलोचना भएको थियो । हाल परीक्षा बोर्डमा मुख्य इन्जिनियर गोविन्द पाण्डे, सहायक इन्जिनियरद्धय दीपेन्द्र थापा र सुप्रिज्ञा देवकोटा करारका कर्मचारी हुन । ती कर्मचारीले परीक्षाफल प्रकाशित गर्नुअघि विद्यार्थीको तथ्याङक संकलन, डाटा इन्ट्री, प्रोसेसिङ र परीक्षाफल प्रकाशित गर्ने गरेका छन् । अति गोप्य काम गर्दा करारका कर्मचारीको प्रयोग भएपछि बोर्डले करिब डेढ वर्ष अघि तालुकदार निकाय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग स्थायी कर्मचारीको माग गरेको थियो । करारका कर्मचारीले कतिपय अवस्थामा प्रश्नपत्र टाइप गर्नेसम्मको काम गर्ने गरेका छन् । परीक्षा सम्बन्धी सम्पूर्ण काम गर्ने कर्मचारी करारमा रहेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताउनुभयो । उहाले भन्नुभयो–करारका कर्मचारी भएपनि गोप्य काममा कुनै समस्या आएको छैन । कक्षा १० को परीक्षा संचालन गर्ने निकाय तत्कालिन परीक्षा नियन्त्रण कार्यालय बोर्डको मातहतमा आएपछि बोर्ड अन्तर्गत तीन वटा परीक्षा जिम्मेवारीभित्र पर्ने गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending