Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन भारतीयको आग्रह

गुवाहाटी। भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत शुक्रबार साँझ गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए । टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गरे । हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले बताए । धर्म संस्कृति एवं भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उनको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधैँ हवाई सम्पर्क गनुपर्ने बताए । सिमानाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षात्मा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उहाँले सडक तथा हवाई सञ्जालजस्ता आधारभूत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालको भ्रमण गरिदिन आग्रह गरे । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाई मार्गका साथै स्थलमार्ग हुँदै वर्षेनी ठूलो सङ्ख्यामा नेपाल जाने गरेको बताए । पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उनले पछिल्ला वर्ष यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित आफूहरू आउने गरेको धारणा राखे । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएका छन् । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending