कैलाली। एनएमबी बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
बैंक कर्मचारीले जग्गा दलालसित मिलेमतोमा झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर नेकपा (माओवादी) ले कब्जामा लिएको हो । उक्त घरमा पार्टीको झन्डा र कार्यालय राखेर आफ्नो कब्जामा लिएको सो दलले जानकारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाका न्याँय बिभाग प्रमुख रमन सीले बिक परिवारलाई जानकारी नदिएर बैकले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताए।
उहाँले पीडित बिक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताए। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ललितजंग सीले अजय विकको घर जग्गा दलालसँग मिलेमतो गरी बैंकले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको कारण घर कब्जामा लिएको बताए।
अहिले उक्त घर पुर्णरुपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उहाँको भनाइ छ । एनएमबी बैकले विकले २०७५ मा लिएको ऋणको सावा ब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैंकमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो ।
एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका –१० का अजय बिकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरुद्ध जाहेरी परेको छ । लिलामी घर किन्ने धिरेन्द्र साउँद र उहाँकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफासित दिने वडा १० का वडासचिव जुनाकुमारी शेरा विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१५ वर्षको कर्जा भुक्तानी अवधी राखी बिकले होमलोन शिर्षकमा २९ लाख ५० हजार ऋण लिएका थिए । बैंकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी न गरिदिन भन्दै ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैंकमा जादाँ पनि पैसा नबुझेको उनको आरोप छ ।
बैंकको झलारीस्थित शाखाका कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुलाई केही जानकारी नभएको बताउँदैआएका छन् । एनएमबी बैंक कञ्चनपुरको झलारीबजारमा रहेको शाखामा जेनजी युवा संघर्ष समितिले तालाबन्दी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...
पौष २६ गते, २०८२ - १६:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...
पौष २६ गते, २०८२ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...
पौष २६ गते, २०८२ - १५:५६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...
पौष २६ गते, २०८२ - १५:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...
पौष २६ गते, २०८२ - १५:४३
काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...
पौष २६ गते, २०८२ - १५:११
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...
पौष २६ गते, २०८२ - १४:५८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...




प्रतिकृया लेख्नुहोस्: