कैलाली। एनएमबी बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
बैंक कर्मचारीले जग्गा दलालसित मिलेमतोमा झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर नेकपा (माओवादी) ले कब्जामा लिएको हो । उक्त घरमा पार्टीको झन्डा र कार्यालय राखेर आफ्नो कब्जामा लिएको सो दलले जानकारी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाका न्याँय बिभाग प्रमुख रमन सीले बिक परिवारलाई जानकारी नदिएर बैकले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताए।
उहाँले पीडित बिक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताए। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ललितजंग सीले अजय विकको घर जग्गा दलालसँग मिलेमतो गरी बैंकले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको कारण घर कब्जामा लिएको बताए।
अहिले उक्त घर पुर्णरुपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उहाँको भनाइ छ । एनएमबी बैकले विकले २०७५ मा लिएको ऋणको सावा ब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैंकमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो ।
एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका –१० का अजय बिकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरुद्ध जाहेरी परेको छ । लिलामी घर किन्ने धिरेन्द्र साउँद र उहाँकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफासित दिने वडा १० का वडासचिव जुनाकुमारी शेरा विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१५ वर्षको कर्जा भुक्तानी अवधी राखी बिकले होमलोन शिर्षकमा २९ लाख ५० हजार ऋण लिएका थिए । बैंकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी न गरिदिन भन्दै ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैंकमा जादाँ पनि पैसा नबुझेको उनको आरोप छ ।
बैंकको झलारीस्थित शाखाका कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुलाई केही जानकारी नभएको बताउँदैआएका छन् । एनएमबी बैंक कञ्चनपुरको झलारीबजारमा रहेको शाखामा जेनजी युवा संघर्ष समितिले तालाबन्दी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १७:२९
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...
चैत्र १० गते, २०८२ - १७:२२
देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप
चैत्र १० गते, २०८२ - १७:१२
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...
चैत्र १० गते, २०८२ - १६:५२
नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...
चैत्र १० गते, २०८२ - १६:३९
काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...
चैत्र १० गते, २०८२ - १६:२६
काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...
चैत्र १० गते, २०८२ - १६:११
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...
चैत्र १० गते, २०८२ - १५:५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...
चैत्र १० गते, २०८२ - १५:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...


प्रतिकृया लेख्नुहोस्: