Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

इतिहासले चेताएको कांग्रेस : २०५१ को विभाजनको छायाँमा विशेष महाधिवेशनको बहस

खबरडबली संवाददाता

काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्‍यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठूलो दल बन्यो । तर, यही विजयको छायाँभित्र एउटा यस्तो पराजय थियो, जसले पार्टीको भविष्यलाई नै हल्लाइदियो—काठमाडौं–१ मा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को हार ।

नेकपा एमालेका महासचिव मदन भण्डारीसँगको पराजय केवल एक निर्वाचन हार मात्र थिएन । यसले कांग्रेसभित्र गहिरिँदै गएको शक्ति संघर्ष, अविश्वास र गुटगत राजनीतिलाई सतहमा ल्यायो । किसुनजी पक्षले दरबारिया शक्ति र पार्टीकै महामन्त्री गिरिजाप्रसाद कोइरालाको असहयोगलाई पराजयको कारण ठहर्‍यायो भने कोइराला पक्षले किसुनजीकै लापरवाहीलाई दोष दियो ।

रामकृष्ण भण्डारीले आफ्नो पुस्तक ‘सत्ता संघर्ष’ मा लेखेका छन्—किसुनजीको पराजय स्वयं उनका लागि मात्र होइन, सर्वोच्च नेता गणेशमान सिंहका लागि समेत मानसिक रूपमा गहिरो धक्का थियो । यदि किसुनजी चुनाव जितेका भए, गणेशमानको छायाँमा उनी नै प्रधानमन्त्री बन्ने निश्चित थियो । तर हारसँगै सत्ता पार्टीको तेस्रो वरीयतामा रहेका गिरिजाप्रसाद कोइरालाको हातमा पुग्यो ।

सत्ता सम्हालेपछि चर्किएको असन्तोष

गिरिजाप्रसाद कोइराला १२ जेठ २०४८ मा बहुदलीय प्रजातन्त्रपछिको पहिलो निर्वाचित प्रधानमन्त्री बने । तर सत्ता सम्हालेको एक महिनामै कर्मचारी आन्दोलन भड्कियो । त्यसको जवाफमा उनले आठ सचिव हटाउनेदेखि व्यापक सरुवा गरे । यही कार्यशैली कांग्रेसभित्रै असन्तोषको बीउ बन्यो ।

गणेशमान सिंह र किसुनजी दुवै कोइरालाको निर्णय शैलीप्रति असन्तुष्ट थिए । सहमतिविपरीत राज्यमन्त्री नियुक्ति, कर्मचारी कारबाही र पार्टी–सरकारबीच समन्वयको अभावले विवाद चुलिँदै गयो । अन्ततः २६ असार २०५१ मा कांग्रेसकै विद्रोही सांसदहरूको अनुपस्थितिका कारण सरकारको नीति तथा कार्यक्रम संसद्बाट अस्वीकृत भयो । सत्तारूढ दलकै कारण सरकार अल्पमतमा पर्‍यो—यो नेपाली संसदीय इतिहासकै दुर्लभ घटना थियो ।

संसद् विघटन र विभाजनको संघार

संसद्मा पराजयपछि गिरिजाप्रसाद कोइरालाले राजीनामा दिँदै मध्यावधि निर्वाचनको सिफारिस गरे । राजा वीरेन्द्रले सोही दिन राजीनामा स्वीकृत गर्दै २७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनको मिति घोषणा गरे ।

तर यही निर्णयले कांग्रेसभित्रको आगो झन् भड्कियो । कोइराला पक्षले नयाँ पार्टी गठनसम्मको तयारी गर्‍यो—विधान, झण्डा र प्रज्ञा प्रतिष्ठानमा घोषणा सभासम्म तय भयो । पार्टी औपचारिक विभाजनको ठीक संघारमा पुगेको थियो ।

यही बेला कार्यवाहक सभापति किसुनजी निर्णायक रूपमा अगाडि आए । १२ साउन २०५१ मा बसेको केन्द्रीय कार्यसमिति बैठकमा शैलजा आचार्यको प्रस्तावमार्फत शीर्ष नेताहरूलाई निर्वाचन नलड्ने निर्णय गराइयो । किसुनजी, गिरिजाप्रसाद कोइराला र महेन्द्रनारायण निधिले निर्वाचनबाट पछि हट्ने सहमति गरे । यसले तत्कालका लागि कांग्रेसलाई विभाजनबाट जोगायो ।

इतिहासकार डा. राजेश गौतमका अनुसार, किसुनजीको संयम, धैर्य र व्यक्तिगत अपमान सहेर पनि पार्टी एकता जोगाउने निर्णयले कांग्रेस जोगियो । त्यो बेला पार्टी फुट्नबाट बचे पनि गुटगत मनोविज्ञान भने पूर्ण रूपमा निको भएन ।

आजको कांग्रेस : उही मोडमा ?

आज कांग्रेस फेरि उस्तै चोकमा उभिएको छ । केन्द्रीय कार्यसमितिले विधान कार्यान्वयन नगरेको आरोपसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् । १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित उठेको यो मागले पार्टीभित्र विभाजनको डर फेरि जीवित बनाएको छ ।

कतिपय नेताहरू कांग्रेस विभाजनको डिलमै पुगेको दाबी गरिरहेका छन् । तर इतिहासका जानकारहरू अहिले पनि ढोका बन्द भइसकेको मान्दैनन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपाल भन्छन्—२०५१ सालमा किसुनजीले देखाएको साहस र लचकताबाट सिक्न सके कांग्रेसलाई फेरि जोगाउन सकिन्छ ।

‘अन्तिम घडीसम्म पनि मिल्ने सम्भावना रहन्छ,’ उनी भन्छन्, ‘०५१ मा पार्टी बचाउन सभापतिले आफैं अपमान खेप्नुभयो । आज पनि त्यस्तै त्याग र दूरदृष्टि चाहिएको छ ।’

कांग्रेसको लामो राजनीतिक विरासत आज फेरि गम्भीर परीक्षामा छ । इतिहासले दिएको चेतावनी सुन्ने कि दोहोर्‍याउने—निर्णय अब नेतृत्वकै हातमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE