Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विशेष महाधिवेशनको काउन्टडाउन सुरु : भृकुटीमण्डप तयारीले भरियो, गगन–विश्वप्रकाश पक्ष उत्साहित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको दाबी गरिएको छ । विशेष महाधिवेशन पक्षधर समूहले आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि सबै प्राविधिक, व्यवस्थापकीय र भौतिक तयारी सकिएको जनाएको हो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले भृकुटीमण्डप केन्द्रित कार्यक्रम सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

मञ्चदेखि मैदानसम्म व्यापक व्यवस्थापन

मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार भृकुटीमण्डपस्थित खुला चौरमा विशेष महाधिवेशनका लागि केन्द्रीय मञ्च तयार भइसकेको छ । मञ्चमा ५० जना अट्ने व्यवस्था गरिएको छ भने मैदानमा छ हजारभन्दा बढी कुर्सी राख्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

महाधिवेशन स्थल वरिपरि नेपाली कांग्रेसका झण्डा, ब्यानर तथा प्रचार सामग्री सजाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने प्रतिनिधि तथा समर्थकहरूको र्यालीलाई व्यवस्थित गर्न स्वयंसेवक परिचालन र ट्राफिक व्यवस्थापनमा समेत तयारी थालिएको आयोजक समितिले जनाएको छ ।

३६ सय प्रतिनिधिका लागि आवास सुनिश्चित

विशेष महाधिवेशनमा सहभागी हुने करिब ३ हजार ६ सय महाधिवेशन प्रतिनिधिका लागि आवास र खानाको व्यवस्था भइसकेको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिहरूलाई काठमाडौंका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलहरूमा राख्ने व्यवस्था गरिएको छ । खाना, आवतजावत र सुरक्षा व्यवस्थालाई पनि समन्वयात्मक ढंगले अघि बढाइएको छ ।

आन्तरिक राजनीतिमा निर्णायक मोड ?

पार्टी नेतृत्व र विशेष महाधिवेशन पक्षबीच चुलिँदै गएको विवादका बीच हुन लागेको यो महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । आयोजक पक्षले पार्टी विधान कार्यान्वयन र आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको दाबी गर्दै आएको छ ।

महाधिवेशन सुरु हुन अब केही घण्टा मात्र बाँकी रहँदा भृकुटीमण्डपको तयारीले कांग्रेसभित्रको शक्ति सन्तुलन कुन दिशातर्फ मोडिन्छ भन्ने चासो थप बढाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: