Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उनले आगामी फागुन २१ गते निर्वाचन नगरिए मुलुक झन् गहिरो राजनीतिक अन्योलमा फस्ने चेतावनी दिएका छन् ।

शनिबार स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पुनले अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्वमाथि खतरा बढिरहेका बेला निर्वाचन टार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।

‘हजारौँको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरू आज गम्भीर जोखिममा छन्,’ पुनले भने, ‘यस्तो अवस्थामा निर्वाचन नै मुलुकलाई निकास दिने एक मात्र लोकतान्त्रिक उपाय हो । तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।’

उनले अन्तर्राष्ट्रिय शक्तिहरूको हस्तक्षेप र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध राष्ट्रियता पक्षधर शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य भएकोमा जोड दिए । ‘देशको अस्तित्व नै नामेट पार्न खोज्ने गतिविधिहरू देखिन थालेका छन्,’ उनले भने, ‘यसविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डता र स्वाधीनताको पक्षमा उभिने सबै देशभक्त शक्तिहरू एक ठाउँमा आउनुपर्छ ।’

पुनले मुलुकको वर्तमान राजनीतिक अवस्था अत्यन्त अस्थिर र तरल बनेको उल्लेख गर्दै भविष्यको दिशा अनुमान गर्न कठिन भइरहेको बताए । ‘अहिले राजनीति अस्थिरता, अनिश्चितता र तरलताको चरणमा छ,’ उनले भने, ‘यो अवस्था कहिले र कहाँ पुगेर स्थिर हुन्छ भन्ने स्पष्ट छैन ।’

उनका अनुसार राजनीतिक स्थिरता र जनताको भरोसा पुनःस्थापित गर्न समयमै निष्पक्ष निर्वाचन अपरिहार्य छ । निर्वाचन ढिलाइ भए त्यसले लोकतान्त्रिक प्रणालीमै प्रश्न उठ्ने उनको निष्कर्ष थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर र माेटरसाइकल ठोकिँदा २ युवकको मृत्यु

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...

विशेष महाधिवेशनको काउन्टडाउन सुरु : भृकुटीमण्डप तयारीले भरियो, गगन–विश्वप्रकाश पक्ष उत्साहित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...

पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...

इतिहासले चेताएको कांग्रेस : २०५१ को विभाजनको छायाँमा विशेष महाधिवेशनको बहस

काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्‍यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...

मतदाता विवरण बिक्रीको निर्णयविरुद्ध चर्को विरोध

गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...

रुकुमेली जनताले भगौडाको राजनीति अस्वीकार गरे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...

प्रचण्डको प्राथमिकता रूकुम,पूर्वी रूकुमबाट चुनाव लड्ने घाेषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending